FLASH NEWS
  • Loading...

विद्यालयमा डिआइ राख्न नपाइने महानगरको निर्णय

विद्यालयमा डिआइ राख्न नपाइने महानगरको निर्णय

काठमाण्डाै : काठमाण्डाै महानगरपालिकाभित्र रहेका विद्यालयले अब अनुशासन इन्चार्ज (डीआई) राख्न नपाउने भएका छन् ।

सामाजिक सञ्जाल तिर

महानगरपालिकाको शिक्षा विभागले निकालेको विज्ञप्तिका अनुसार अबदेखि विद्यालयले डीआई राख्न नपाउने भएका हुन् । विद्यालयमा राखिएका डीआईले भय सिर्जना गराउने, मनोवैज्ञानिकरूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय दिने गरेको समेत गुनासो आएसँगै यस्तो निर्णय गरेको महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले बताउनुभयो ।

महानगरले विद्यार्थीमैत्री सिकाइ वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न र नगराउन सूचित गरेको छ ।

प्रकाशित मिति: २०८० पौष ६, शुक्रबार