FLASH NEWS
  • Loading...

शिक्षक हत्या संलग्नमा एक भारतीय पक्राउ

शिक्षक हत्या संलग्नमा एक भारतीय पक्राउ

बारा – बाराको एक निजी विद्यालयका प्रधानाध्यापकको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल तिर

पक्राउ पर्नेमा भारतको मोतिहारी सुकलहियाका २५ वर्षीय सुजितकुमार सिंह रहेका प्रहरीले जनाएको छ । सिंहलाई विश्रामपुर गाउँपालिका–३ सीमा नजिकैबाट दुई राउन्ड गोली हानेर पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।

सिंहको दुईवटै खुट्टामा गोली लागेको छ । उनको कलैया अस्पतालमा उपचार भैरहेको छ । सिंहको साथबाट एक थान पेस्तोल र तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । गएको असोज १३ गते कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानी हत्या भएको थियो ।

प्रकाशित मिति: २०८० पौष ११, बुधबार