FLASH NEWS
  • Loading...

TSC: मुल्यांकन र परीक्षा

Post Thumbnail

१. “नियम अनुसार अङ्कन गर्नु मापन हो।” यो भनाई कसको हो?- Tyler
२. A.K Singh का अनुसार मापनका कति कार्य छ्न?- ६ वटा
३. त्यो कुन स्केल हो संख्यालाई कुनै बस्तु वा बर्गलाई जनाउनको लागि प्रयोग गरिन्छ तर कुनै गणितीय अर्थ भने हुँदैन?- नामरुपी स्केल
४. उदेश्य प्राप्तिको मूल्य निर्धारण गर्ने प्रक्रिया नै मुल्यांकन हो।” यो कसको भनाई हो?- Thorndike
५. वास्तविक रुपमा शैक्षिक उद्देश्यलाई कुन हदसम्म प्राप्त गर्न सकियो भनि किटान गर्ने प्रक्रिया प्रक्रिया नै मुल्यांकन हो।” यो भनाई कस्को हो?- Ralf W.Tayler
६. Free Answer Test भनेर कुन प्रश्नलाइ चिनिन्छ?- विषयगत परीक्षा
७. आधुनिक परीक्षा तथा सिमित उत्तर परीक्षा भनेर कुन परीक्षालाई बुझिन्छ?- बस्तुगत परीक्षा
८. बिस्वस्नियता र बैधता बढी हुने परीक्षा कुन हो?- बस्तुगत परीक्षा
९. Scriven १९६७ अनुसार मुल्यांकनलाई कति भागमा वर्गीकरण गरेका छ्न?- २ भाग ( निर्माणात्मक , निर्णयात्मक)
१०. Linn and Gronlund का अनुसार मुल्यांकन कति किसिमका छ्न?- ४ किसिम (पदस्थापन मुल्यांकन,निदानात्मक मुल्यांकन, निर्माणात्मक मुल्यांकन, निर्णयात्मक)
११. कुन मुल्यांकनलाई सुधारात्मक वा Proactive evaluation भनेर चिनिन्छ?- निर्माणात्मक
१२. स्तर निर्धारण तथा प्रामणपत्र प्रदान गर्न गरिने मुल्यांकन कुन हो?- निर्णयात्मक मुल्यांकन
१३. श्रेणीमापन कति प्रकारका छ्न?- ५ प्रकार
१४. पेपर पेन्सिल टेस्टबाट मापन गर्न नसकिएका कुराहरु मापन गर्ने साधन कुन हो?- घटनाबृत अभिलेख
१५. विधार्थीको बहुमुखी गुण देखाउने अभिलेख कुन हो?- सन्चित अभिलेख
१६. “विश्वसनीयताले मापनमा भएको एकरुपतालाई जनाउँछ ।” यो भनाइ कसको हो?- नरम्यान इ.ग्रोन्ल्यन्ड
१७. विश्वसनियता परीक्षण गर्ने विधि हरु कतिवटा छ्न?- ५ वटा
१८. कुडर रिचार्डसन विधि कहिले प्रतिपादन भएको हो?- सन १९३७ मा
१९. परीक्षणले जुन कुरा मापन गर्ने लक्ष्य राखेको हुन्छ त्यही कुरा कति हदसम्म मापन गर्न सक्छ त्यसलाई नै बैधता भनिन्छ – क्रोन्ब्याक
२०. बैधताका कति प्रकार छ्न? – ३ प्रकार
२१. राष्ट्रिय पाठ्यक्रम प्रारुप अनुसार आधारभूत तह १-३ मा कुन मुल्यांकन अबलम्बन गरिने भएको छ?-१००% निरन्तर मुल्यांकन
कक्षा ४-५ मा ५०% भारको निरन्तर विधार्थी मुल्यांकन र कक्षा ६-७ मा ४०% भारको निरन्त मुल्यांकन गरिने
२२. राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा ८ मा कुन मुल्यांकन अबलम्बन गरिने ब्यवस्था छ?- २५% को आन्तरिक मुल्यांकन र ७५% भारको बाह्य मुल्याङकन गरिने
२३. कक्षा ८ को परीक्षा कुन तहले सन्चालन तथा प्रमाणिकरण गर्छ?- स्थानीय स्तर
२४. माध्यमिक शिक्षा कक्षा ११-१२ को परीक्षा सन्चालन, ब्यवस्थापन तथा प्रमाणिकरण गर्ने निकाय कुन हो?- राष्ट्रिय परीक्षा बोर्ड
२५. सर्वप्रथम अक्षराङ्कन पद्धतिको प्रयोग गर्ने विश्वविधालय कुन हो?- Athens State University Albama
२६. Letter Grading System सर्वप्रथम प्रयोग गर्ने ब्यक्ति को हुन?- Mark W.Drum ले उनी Athens State University का मनोबैज्ञानिक हुन।
२७. नेपालमा Letter Grading System राष्ट्रिय पाठ्यक्रम विकास तथा मुल्यांकन परिषदबाट कहिले स्वीकृत भएको हो?- वि.स २०७२/०८/२३
२८. परिमाणात्मक र गुणात्मक दुबै गुण भएकोलाई के भनिन्छ?- मुल्यांकन
२९. विद्यार्थी आफैले आफ्नो बारेमा गर्ने मुल्यांकनलाई के भनिन्छ?- आत्ममुल्याङ्कन
३०. विद्यार्थीहरुको विविध पक्षहरुलाई समेटेर तयार पारिएको अभिलेखलाई के भनिन्छ?- सञ्चित अभिलेख

सामाजिक सञ्जाल तिर

प्रकाशित मिति: २०७८ चैत्र ८, मंगलबार