FLASH NEWS
  • Loading...

शिक्षा मनोविज्ञानसँग सम्बन्धित दुवै तहको लागि उपयोगी

Post Thumbnail

शिक्षक सेवा आयोगद्धारा लिइने माध्यमिक तथा निम्न माध्यमकि अध्यापन अनुमती पत्रको परीक्षाको लागि उपयोगी सामग्री ।

शिक्षा मनेविज्ञानसँग सम्बन्धित सामग्री

परिभाषा 

१. शिक्षा मनोज्ञिानले शिक्षासँग सम्बन्धित सम्पूर्ण व्यक्तित्व तथा व्यहारलाई समावेश गर्दछ ।

सामाजिक सञ्जाल तिर

-वि.एफ.स्किनर

२. शिक्षा मनोविज्ञानले व्यक्ति विशेषको जन्मेदेखि वृद्ध अवस्थासम्मका सिकाई अनुभवहरुको वर्णन र व्याख्या गर्दछ ।

-क्रो एण्ड क्रो 

३. शिक्षा मनोविज्ञान त्यो मनोविज्ञान हो, जसले व्यक्ति विशेषमा देखा पर्ने विकासात्मक  अवस्थाका परिवर्तनहरुको अध्ययन गर्दछ ।

-जुडस

४. शिक्षा मनोविज्ञान बालकको शैक्षिक वृद्धि तथा विकासको व्यवस्थित अध्ययन हो ।

-स्टेफेन

५. शिक्षा मनोविज्ञान शिक्षाको विज्ञान हो ।

-ई.ए.पेल.

६. मनोवैज्ञानिक खोजहरु तथा सिद्धान्तहरु शिक्षाको क्षेत्रमा गरिने प्रयोगलाई शिक्षा मनोविज्ञान भनिन्छ ।

-कोलेसिनिक

७. शैक्षिक वातावरण वा मनोवैज्ञानिक पक्षहरुको अध्ययननै शिक्षा मनोविज्ञान हो ।

-डब्लु.सि.ट्रउ

८.एक असल शिक्षकले विद्याथीैहरुको प्रकृती थाहा पाउनै पर्छ ।

-प्लेटो 

९. शिक्षकले प्रयोगात्मक मनोविज्ञान जति जान्दछ त्यतीनै कसरी सिकाउने भन्ने जानेको हुन्छ ।

-मन्टेश्वरी

१०. विद्याथीै एक पुस्तक हो, जसको पाना पाना शिक्षकले पढ्नु पर्छ ।

-रुसो 

प्रकाशित मिति: २०७९ जेष्ठ १४, शनिबार