FLASH NEWS
  • Loading...

शिक्षक सेवा आयोग प्रथमपत्र तयारीको लागि हेर्नुहोस यी प्रश्नोत्तर

Post Thumbnail

शिक्षक सेवा आयोग प्रथमपत्र तयारीको लागि महत्त्वपूर्ण सामग्री

शिक्षक सेवा आयोग प्रथमपत्र तयारीको लागि महत्त्वपूर्ण सामग्री

१. शिक्षक तालिमको पहिलो चरण कुन हो? – आवश्यकताको पहिचान

सामाजिक सञ्जाल तिर

२.शिक्षक तालिमको प्रकार हरु केके हुन?- प्रमाणीकरण तालिम, पुनतार्जगी, स्थानीय आवश्यकतामा आधारित मोड्युलर तालिम

३. शिक्षकलाई पुर्वसेवाकालीन तालीम को केन्द्र कुन हो?- विधालय

४. प्रमाणिकरण तालीम के सङ आधारित हुन्छ?- आवश्यकतामा

५.TPD को पूरा रुप के हो?- Teacher Professional Development

६. ERO को पूरा रुप के हो?- Education Review Office

७. NEB को पूरा रुप के हो?- National Education Board

८.TPD  कहिले बाट आएको अवधारणा हो? आ. व. २०६६/०६७ बाट 

९.TPD तालिम परीक्षण गरिएका जिल्लाहरु – सुर्खेत, रुपन्देही, कैलाली, भक्तपुर, मकवानपुर, डडेल्धुरा, झापा

१०. परिक्षणको रुपमा TPD तालिमलाई कति जना शिक्षकमा परीक्षण गरिएको थियो ?- १५० जनामा

११. TPD तालिमलाई कति चरणमा बाडिएको छ?- ३ चरण (१०+१०+१०= ३०)

१२. शिक्षक सक्षमता प्रारुप कहिले स्वीकृत भएको थियो?- वि.स २०७२/१२/०३

१३. शिक्षक सक्षमता प्रारुप स्वीकृत पछि ३० दिने TPD तालिमलाई कति खण्डमा बिभाजन गरेको थियो ?- २ खण्ड(१५+१५)

१४. TPD तालिमको कुल अंक मध्ये उपस्थिति बापत कति अंक दिइन्छ?- ६ अंक

१५. TPD तालिम मध्ये लिखित परीक्षा कति पुर्णाङ्कको हुन्छ?- ५० अङ्क

१६. शिक्षकको पेशागत विकासको लागि महत्त्वपूर्ण तत्व केलाई मानिन्छ?- तालिम 

१७. TPD तालिम लिने शिक्षकलाई श्रेणिकरण गर्दा ९० भन्दा माथी अङ्क ल्याए कुन श्रेणीमा वर्गीकरण गरिने ब्यवस्था छ?- विशिष्ट

१८. पुनर्ताजगी तालिम के मा आधारित हुन्छ?- मागमा

१९.पुनर्ताजगी तालिम  कस्ता शिक्षकलाई दिइन्छ?- TPD तालिम पूरा गरेका

२०. विशेष ज्ञान सीप विकासका लागि दिईने तालिम कुन हो?- स्थानीय आवश्यकतामा आधारित 

२१. स्थानीय आवश्यकतामा आधारित तालीम कसले कुन सरकारले दिने ब्यवस्था छ?- स्थानीय सरकार

२२. आधार शिक्षक तालिम केन्द्रको स्थापना कहिले भयो?- वि.स २००४ जेठ १०

२३. रेन्जर तालिमको सुरुवात कहिले भयो ?- वि.स २००४

२४. नेपालमा औपचारिक ,योजनाबद्द रुपमा तालीमको सुरुवात कहिले भएको थ?- वि.स २०१३ 

२५. राष्ट्रिय शिक्षक शिक्षण केन्द्रको स्थापना कहिले भएको थियो ?- वि.स २०११ भाद्र २४

२६. नर्मल स्कुलको स्थापना कहिले भयो ?- वि.स २०१३

२७.घुम्ती तालिम केन्द्रको स्थापना कहिले भएको थियो ?- वि.स २०१३ 

२८. वि.स २०१६ साल असार ३० मा स्थापना भएको त्रिभुवन विश्वविद्यालयले कुन तालिम दिएर सहयोग गरेको थियो ?- पुर्वसेवाकालिन तालिम

२९. नेपालमा पहिलोपटक MED पढाइको सुरु कहिले भयो ?- वि.स २०२२

३०.College of Education को शाखा विस्तार कहाँ गरिएको थियो ?- विरगन्ज (ठाकुरराम कलेज भएको ठाँउ )

३१. STEP कार्यक्रमको सुरुवात कहिले बाट भएको थियो?- वि.स २०२३

३२. PRIME कार्यक्रमको सुरुवात कहिले भयो ?- वि.स २०२५

३३. नेपालमा शिक्षक हुनका लागि सर्वप्रथम तालिम अनिवार्य कसले गरेको थियो ? राष्ट्रिय शिक्षा  पद्धतिको योजना २०२८

३४. रेडियो शिक्षक तालिम परियोजनाको सुरुवात कहिले भयो ?- वि.स २०३५

३५. रेडियो शिक्षक तालिम प्रसारण सुरु कहिले बाट भयो ?- वि.स २०३७

३६. सेती अञ्चलका ५ जिल्लामा संचालित सेती परियोजना कहिले बाट सुरुवात भएको थियो ?- वि.स २०३८

३७. सेती परियोजना लागु भएका ५ जिल्लाहरु केके हुन?- अछाम, बझाङ, बाजुरा, कैलाली, डोटी

३८. नेपालमा स्रोतकेन्द्रको अवधारणा कसले ल्याएको थियो ?- सेती परियोजना

३९. PEP = Primary Education Project कहिले बाट सन्चालन भएको थियो ?- वि.स २०४१

४०. PEP कार्यक्रम लागु भएका ६ जिल्लाहरु केके हुन?- कास्की, धनकुटा, झापा, सुर्खेत, दाङ, तनहुँ 

४१. स्रोतकेन्द्र प्रणालीको स्थापना कस्ले गरेको हो?- Primary Education Project

४२. क्षेत्रीय शिक्षा निर्देशनालय ले १५० घण्टे र १८० घण्टे तालिम कहिले चलाएको थियो ?- वि.स २०४४/४५

४३. BPEP Basic and Primary Education Project कहिले बाट सन्चालनमा आएको थियो ?-वि.स २०४९

४४. NCED को स्थापना कहिले भएको हो?- वि.स २०५०/०४/०१ 

४५. NCED स्थापना पछि कतिवटा स्रोतकेन्द्र सन्चालनमा थिए ?- १०५३

४६.शिक्षक  तालिम निति कहिले जारी भएको भयो ?-वि.स २०६२/०२/२४

४७. शिक्षक तालीम नितिमा कतिवटा निति थिए ?- २६ वटा

४८. शिक्षकका सक्षमताहरु कतिवटा छ्न?- ८ वटा

४९.शिक्षक सक्षमता प्रारुप कहिले पारित भएको थियो ?- वि.स २०७२/१२/०३

५०. शिक्षकले आफ्नो शिक्षणका सन्दर्भमा स्वप्रतिबिम्बन गरि क्रमश : सुधारतर्फ अघि बढ्नु कस्तो प्रकारको ज्ञान हो? निरन्तर सिकाइ र पेशागत विकास                                                                                                      ५१. राष्ट्रिय किताबखाना( शिक्षक) ले सेवाबाट अनिवार्य अवकाश हुने शिक्षकले कति अवधि पूरा हुनुअगावै जानकारी गराउनुपर्दछ?- ६ महिना

५२. वि.स २०६६ कार्तिक १३ मा स्थापित निकाय कुन हो?- शैक्षिक गुणस्तर केन्द्र

५३. शिक्षकको प्रतियोगात्मक परीक्षाको पाठ्यक्रम विकास गर्ने कार्य कुन निकायले गर्दछ?- शिक्षक सेवा आयोग

५४. बालअधिकार महासन्धी कहिले पारित भयो?- सन १९९० नोभेम्बर २० 

५५. ICT ko पूरा रुप के हो?- Information Communication Technology

५६. मनोविज्ञानको आधुनिक परिभाषा कुन हो?- ब्यवहारको विज्ञान

५७. “अनुभव तालिम एवम प्रयोगबाट ब्यवहारको परिवर्तन हुनु नै सिकाइ हो”। यो भनाइ कस्को हो?- Gates 

५८. मानव वृद्धि भन्नाले के बुझिन्छ?- शारीरिक परिवर्तन 

५९. विधालय सामाजिक परीक्षण मापदण्ड कहिले स्वीकृत भएको हो?- वि.स २०७८/०२/२६

६०. विधालयमा win-win रणनीति कस्तो रणनीति हो?- सहकार्यमुलक

६१. बि.ब्य.स को सदस्य सचीव को हुने ब्यवस्था छ?- प्रधानाध्यापक 

६२. नेपालमा घुम्ती शिक्षक तालिम कार्यक्रमको सुरुवात कहिले देखि भएको हो?- वि.स २०१३

६३. रेडियोबाट दुरशिक्षा पद्धतिमार्फत २०३७ सालमा कुन तालीम सुरुवात गरिएको थियो ?- १५० घन्टे

६४. शिक्षक तालिम नीति कहिले जारी भयो?- वि.स २०६२/०२/२४

६५. गुणस्तरीय शिक्षा के सङ सम्बन्धित छ?- सक्षमता अभिबृदी र उच्चतम प्रतिफल

६६. गुणस्तरीय शिक्षाको आधारभुत तत्व कुन हो?- गुणस्तरीय सिकाइ,स्तरीय शिक्षा,महिला शसक्तीकरण

६७. स्रोत साधनहरुको अधिकतम परिचालन गरि अपेक्षित उदेश्य हासिल गर्ने प्रक्रिया के हो?- ब्यवस्थापन 

६८. शैक्षिक ब्यवस्थापनको प्रक्रिया कुन हो?- योजना,संगठन, निर्देशन ,नियन्त्रण 

६९. वि.स २००७ सालमा नेपालको साक्षरता % कति थियो ?- २% 

७०. बार्षिक कार्ययोजना तयार पार्ने मुख्य जिम्मेवारी कसको हो?- विषय शिक्षक

७१. पाठयोजनाको महत्त्वपूर्ण तत्व कुन हो?- उद्देश्य

७२. शिक्षकको कार्यबिभाजन कुन योजनाले गर्दछ?- समय तालिका

७३. पाठ्यक्रमको शाब्दिक अर्थ के हो?- Race Course

७४. पाठ्यक्रमका तत्वको क्रम कुन हो?- उद्देश्य, बिषयबस्तु, शिक्षण सिकाइ क्रियाकलाप, मुल्यांकन 

७५. एक शैक्षिक सत्रभरी कुनै विषयमा शिक्षकले बिद्यार्थीलाई प्रदान गर्ने ज्ञानलाई के भनिन्छ?- पाठ्यास

७६. पाठयपुस्तक विद्यार्थी र शिक्षकको लागि बनाइएको शैक्षिक सामग्री हो।” यो परिभाषा कसको हो?- एल जे लेबिल

७७.आधारभूत शिक्षा पाठ्यक्रम २०७६ ले कक्षा ४-५ मा बार्षिक कति पाठ्यघन्टा पठनपाठन गरिने ब्यवस्था गरेको छ?- ३२ पाठ्यघन्टा

७८. बालकेन्दृत शिक्षाका प्रवर्तक को हुन?- रुसो

७९. कम समयमा धेरै विषयबस्तुको ज्ञान दिन उपयोगी शिक्षण विधी कुन हो?- प्रवचन विधि

८०. कक्षाकोठाको सिकाइ वातावरण संगठन अन्तर्गत के पर्दछ?- समय ब्यवस्थापन

८१. निर्माणात्मक मुल्यांकन को उदेश्य कुन हो?- शिक्षण सिकाइमा सुधार ल्याउनु 

८२. परीक्षणमा विस्वसनियता सुनिश्चित हुने परीक्षा भनेर कुनलाई चिनिन्छ?- बस्तुगत परीक्षा 

८३. हाल SEE परीक्षामा अवलम्बन गरिएको अक्षराङ्कन पद्धतिमा C ग्रेड्को ब्यख्या कसरी गरिएको छ?- Acceptable.

८४. मुल्यांकन के हो?- योग्यता निर्धारण 

८५. भरपर्दो सूचनाका आधारमा गरिने ब्यवस्थित अनुसन्धानलाई के भनिन्छ?- अनुसन्धान 

८६. कार्यमुलक अनुसन्धान को मुख्य उद्देश्य के हो?- आफ्नो काममा सुधार ल्याउनु 

८७. सर्वप्रथम मामला अध्ययनको प्रयोग कस्ले गरेका हुन?- फ्रेडरिक लि प्ले

८८. कम्प्युटर शब्द कुन भाषाबाट आएको हो?- ल्याटिन भाषा

८९ . नेपालमा कम्प्युटर कहिले भित्रीएको थियो ?- वि.स २०२८ जनगणनाको लागि 

९०. विधालयले IEMIS Software मा कतिवटा Digit को विधालय कोड रहेको छ?- ९ वटा                # हर्लकका अनुसार मानव विकासका चरण कति छन?- १० चरण 

९१. जिन पियाजेका अनुसार मानव विकासका चरण कति छ्न?- ४ चरण 

९२. मानव विकास अध्ययनका विधि कति छ्न?- ३ ( लम्बिय , क्षीतिजिय, कोहोर्ट विधि)

९३. सबैभन्दा छोटो अवस्था कुन हो?- नवजात शिशु अवस्था ।

९४. मानव विकास अध्ययनका विधि मध्ये लम्बिय विधीको प्रतिपादक को हुन?- एलेन ए स्टोन, विलियर्ड कोस्लान

९५. क्षितिजिय विधीका प्रतिपादक को हुन?- टेम्पलिन

९६. लामो समय सम्म अध्ययन गरि मानव विकासको बारेमा निष्कर्षमा पुग्ने विधि कुन हो?- लम्बिय विधि

९७.  मानव विकास अध्ययन विधि लाई सर्वप्रथम प्रयोग गर्ने ब्यक्ति को हुन?- Louis Terman सन १९२१ मा Gifted बच्चाको लागि 

९८. सास्कृतीक र वातावरणीय परिवर्तनको प्रभावहरुको अध्ययन गर्न सकिने  कुन विधीको फाइदा  हो? – लम्बिय विधी

९९. क्षितिजिय विधीको विकास अध्ययनको लागि Templin ले कुन कुन समुहको बालबालिकामा अध्ययन गरेका थिए ?- ३, १००.५बर्ष, ४ बर्ष ,४.५ बर्ष, ५ बर्ष , ६ बर्ष , ८ बर्ष

१०१. Floating Stage भनेर कुन अवस्थालाई बुझिन्छ?- विजावस्था

१०२. बच्चा गर्भमा हुँदा कति समय देखि मुटुको धड्कन सुरु हुन्छ?- १५ हप्ता देखि 

१०३. तिब्र वृद्धि र विकासको अवस्था भनेर कुन  अवस्था हो?- गर्भावस्था                                                       १०४.नेपालको संविधान २०७२ मा  केन्द्रीय विश्वविधालय कसको अधिकार क्षेत्र भित्र पर्दछ?- संघको अधिकार (अनुसूची ५)

१०५. नेपालको संविधान २०७२ मा प्रदेश विश्वविधालय कस्को अधिकार क्षेत्र हुने भनिएको छ?- प्रदेशको अधिकार (अनुसूची ६)

१०६.  नेपालको संविधान २०७२ मा आधारभूत तथा माध्यमिक शिक्षा कसको अधिकार क्षेत्र भित्र पर्दछ?- स्थानीय तह( अनुसूची ८)

१०७. नेपालको संविधान २०७२ को धारा कतिमा शिक्षासम्बन्धी हकको ब्यवस्था गरिएको छ?- धारा ३१(उपधारा ५ वटा छ्न)

१०८. बर्तमान नेपालको संविधान २०७२ मा कुन तह सम्मको शिक्षा अनिवार्य र निशुल्क बनाइएको छ?- आधारभूत तह

१०९. बर्तमान नेपालको संविधान २०७२ मा कुन तहसम्मको शिक्षा निशुल्क बनाइएको छ?- माध्यमिक तह

११०. प्रत्येक नागरिकलाई कस्तो शिक्षाको पहुँच  हुनेछ?- आधारभूत शिक्षा 

१११. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कुन दफामा गाउँपालिका  तथा नगरपालिकाको शिक्षा समबन्धी काम कर्तव्य र अधिकार उल्लेख गरिएको छ?- दफा ११

११२. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा क्रमशः कति परिच्छेद, दफा र अनुसूचीहरुको ब्यवस्था छ?- १५, १२१, २

११३. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सालको ऐन न कति हो?- २६

११४. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद कतिमा गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकारको ब्यवस्था छ?- परिच्छेद ३

११५. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को केही नेपाल संसोधन गर्ने ऐन कहिले आयो?- वि.स २०७५/११/१९

११६.स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कहिले स्वीकृत भएको हो?- वि.स २०७४/०६/२९

११७. विधालय शिक्षा आधारभूत तहको परीक्षा संचालन, अनुगमन र ब्यवस्थापन कुन तहले गर्ने प्रावधान छ?- गाउँपालिका तथा नगरपालिका 

११८. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को कुन दफामा वडा समितिको काम कर्तव्य र अधिकारको ब्यवस्था गरिएको छ?- दफा १२ ग

११९. सामुदायिक सिकाई केन्द्रको निति, अनुगमन र नियमन कुनले गर्ने ब्यवस्था छ?- गाउँ वा नगरकार्यपालिका

१२०. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका तथा नगरपालिकाले शिक्षासम्बन्धी गर्ने कार्य कतिवटा छ्न?- २३ वटा

 

प्रकाशित मिति: २०७९ कार्तिक १२, शनिबार