FLASH NEWS
  • Loading...

TSC तयारी; परीक्षामा सोध्न सक्ने सम्भावित १०० प्रश्नोत्तर संग्रह

Post Thumbnail

शिक्षक सेवा आयोग प्रथमपत्र तयारीको लागि महत्त्वपूर्ण सामग्री

शिक्षक सेवा आयोग प्रथमपत्र तयारीको लागि महत्त्वपूर्ण सामग्री

१. नेपालको शैक्षिक प्रशासनलाई २८ जिल्लामा कहिले बिभाजन गरिएको थियो ?- वि.स २०१५
२. नेपालको शिक्षा प्रशासनलाई १४ अञ्चल र ७५ जिल्लामा बिस्तार कहिले गरियो ?- वि.स २०१५
३. वि.स २०२० मा झापाको बुधबारेमा अनिवार्य निशुल्क प्राथमिक शिक्षाको उद्घाटन कसले गरेका थिए ?- राजा महेन्द्रले
४. विशेष शिक्षा कार्यक्रमको थालनी कहिले बाट भएको हो?- वि.स २०२१
५. पहिलो शिक्षा नियमावली कहिले प्रकाशन भयो?- वि.स २०२३
६. वि.स २०१८ मा स्थापित १४ अन्चल शिक्षा अधिकारी कहिले खारेज गरियो?- वि.स २०२७
१५. नंया शिक्षा योजना लागू भएका प्रथम जिल्ला कुनकुन हुन?- चितवन र कास्की
१६. प्राथमिक तहको शिक्षा निशुल्क गर्ने घोषणा कहिले भयो ?- वि.स २०३१ फागुन १२ राजा बिरेन्द्रले
१७. सरकारले दुर्गम क्षेत्रका २८ बिधालयमा निशुल्क पाठ्यपुस्तक वितरण गर्न कहिले सुरु गर्‍यो ?- वि.स २०३२/२०३३
१८. सरकारले निजि क्षेत्रमा कलेज स्थापना गर्न स्वीकृत कहिले देखि दिन थालेको हो?- वि.स २०३७
१९. वि.स २०४१ सालमा कसको ऋण सहयोग र प्राविधिक सहयोगमा प्राथमिक शिक्षा परियोजना संचालन भएको थियो ?- बिश्व बैंकको ऋण र युनिसेफको प्राविधिक सहयोग
२०. महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना कहिले भयो ?- वि.स २०४३ दाङको बेल्झुन्डीमा
२१. उच्च शिक्षा ऐन जारी कहिले भयो ?-वि.स २०४६ कार्तिक १
२२. राष्ट्रिय शिक्षा आयोगको गठन कहिले भयो ?- वि.स २०४७ फागुन १४
२३. निजि क्षेत्रको पहिलो विश्वविद्यालय कुन हो?- काठमाडौं विश्वविद्यालय
२४. प्राथमिक विधालयमा भर्ना गर्नुपर्दा जन्मदर्ता अनिवार्य हुनुपर्ने निर्णय कहिले बाट भयो ?- वि.स २०४९ फागुन १
२५. शिक्षा ऐनको कुन सन्सोधनले राष्ट्रिय शब्द हटाएर शिक्षक सेवा आयोग नाम राख्यो?– ७ औ(२०५८/१०/२५)
२६. कक्षा १ मा अङ्ग्रेजी अनिवार्य कहिले देखि भयो ?- वि.स २०६०
२७. राष्ट्रिय परीक्षा बोर्डको गठन कहिले भएको हो?- वि.स २०७३ असार १५
२८. वि.स २००७ सालसम्म कति वटा प्रावि,मावी,र उच्च तह थिए ?- क्रमश ३२१,११,१ (त्रीचन्द्र कलेज)
२९. राणा शासनको अन्त्यमा नेपालमा पुस्तकालयको संख्या कति थियो ?- ६ वटा
३०. योजनाबद्ध प्रौढ शिक्षाको थालनी कहिले देखि भएको हो?- वि.स २०१३
३१. College of Education को स्थापना कहिले भयो ?- वि.स २०१३ भाद्र २४
३२. नेपालभरका बिधालयमा नेपाली भाषामा पढाउनुपर्ने ब्यवस्था कहिले देखि भयो?- वि.स २०१४
३३. नेपाली भाषाले राष्ट्रिय रुपमा राष्ट्र भाषाका रुपमा बैधानिक मान्यता कहिले पाएको हो?- वि.स २०१५
३४. प्राथमिक स्कुलको पाठ्यक्रम सरकारी तवरबाट प्रकाशन कहिले बाट गरियो?- वि.स २०१५
३५. निमावी निरीक्षक हटाएर प्राविनी र माविनिको ब्यवस्था लागु कहिले भयो?- वि.स २०३०
३६. शिक्षा ऐनको कुन संसोधनले बिधालय तहको संरचना प्रारम्भिक बालविकास देखि कक्षा ८ सम्म आधारभुत तह र कक्षा ९-१२ माध्यमिक तह बनायो?– ८ औ सन्सोधनले वि.स२०७३/०३/१५
३७. शिक्षा मन्त्रालयको नाम शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्रालय बनाइयो?- वि.स २०७४ चैत १
३८. ७७ वटै जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइ रहने निर्णय नेपाल सरकार मन्त्रीपरिषद बाट कहिले भयो ?- वि. स २०७४ चैत २७
३९. खुला विश्वविद्यालयमा औपचारिक रुपमा पठनपाठन कहिले देखि भएको हो?- वि.स २०७५ जेठ १२
४०. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ मन्त्रीपरिषदबाट स्वीकृत कहिले भएको हो?- वि.स २०७६ कार्तिक १८
४१. शिक्षक सेवा आयोग नियमावली को १० औ संसोधन कहिले भएको हो?- वि.स २०७६ असोज १३
४२. वि.स २०७६ को बिद्यार्थी भर्ना अभियानको आदर्श वाक्य के थियो ?- ” सबै बालबालिकालाई बिधालय पठाऔ, नेपाललाई शिक्षितहरुको देश बनाऔ”
४३. ७ औ राष्ट्रिय बिज्ञान दिवस २०७६ असोज १ को नारा के थियो ?- “विज्ञान प्रविधि र नवपर्वतन:सामाजिक आर्थिक रुपान्तरण
४४. कक्षा १ मा एकीकृत पाठ्यक्रम लागू कहिले भएको हो?-शैक्षिकसत्र वि.स २०७७
४५. Letter grading निर्देशिका २०७८ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट कहिले स्वीकृत भयो ?-वि.स २०७८ पुस ७ गते (पहिलो संसोधन २०७८ फागुन १८)
४६. बिधालय तहको नंया पाठ्यक्रम ढाचा स्वीकृत कहिले भएको हो?- वि.स २०७५ जेठ २
४७. स्रोतकेन्द्र ब्यवस्थापन प्रणाली खारेज कहिले भयो ?- वि.स २०७५ फागुन ३
४८. राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान स्थापना कहिले भयो ?- वि.स २०७४ असोज २९
४९. स्थानीय सरकार सन्चालन ऐन, २०७४ कहिले जारी भएको हो?- वि.स २०७४ असोज २९
५०. शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भयो ?- वि.स २०६६ कार्तिक १३
५१. दरबार हाइस्कुलमा अङ्ग्रेजी पढाउने पहिलो नेपाली को हुन?- गरुढध्वज राणा
५२. वि.स १९९५ मा स्थापना भएको सत्यवादी पाठशालाले स्थापनाको कति बर्ष पछि सरकारी मान्यता पायो?- ३२ बर्ष
५३. उपत्यका बाहिरको पहिलो अङ्ग्रेजी स्कुल कुन हो?- चन्द्र मिडिल सिराहा (वि.स १९७२)
५४. त्रीचन्द्र कलेजका प्रथम पृन्सिपल को हुन?- बटुकृष्ण मैत्रेय
५५. प्रथम director general को हुन?- बहादुर शमशेर
५६. दरबार स्कुलको सम्बन्धन कलकता विश्वविद्यालय बाट पटना मा कहिले सारियो? वि.स १९८०
५७. सरदार रुद्रराज पाण्डे दरबार स्कुलको हेडमास्टरमा कहिले नियुक्त भएका थिए ?- वि.स १९८२
५८. आफूले पढाएको बिद्यार्थी हेडमास्टर भएपछि नेपाल छोडेर भारत जाने दुई ब्यक्ति को हुन?- शारदा प्रसाद मुखर्जी र इश्वरी दत्त रतौडी
५९. वि.स १९८७ फागुन १९ मा भएको Technical School कस्को पालामा स्थापना भएको थियो ?- भिमशमशेर
६०. गोरखा भाषा प्रकाशीनी समितिलाई कहिले साझा प्रकाशनमा परिणत गरियो?- वि.स २०२१ मंसिर २५
६१. कृषि स्कुल कस्को पालामा स्थापना भएको थियो ?- जुद्द शमशेर १९८९
६२. SLC बोर्डको स्थापना कहिले भयो ?- वि.स १९९० कार्तिक १६
६३. वि.स १९९० को slc परीक्षामा जम्मा कतिजनाले परीक्षा दिएका थिए ?- ३३ जना
६४. SLC परीक्षामा कक्षा १० बाट मात्रै प्रश्न सोध्ने ब्यवस्थाको थालनी कहिले भयो ?- वि.स २०६३ कार्तिक १३
६५. Inspector of school को स्थापना वि.स १९९८ मा भएको थियो भने पहिलो inspector of school को हुन?- सुर्य प्रसाद उपाध्याय
६६. “म राष्ट्रको नोकर हुँ ” भन्ने ब्यक्ति को हुन?- पदम शमशेर

सामाजिक सञ्जाल तिर

६७. नेपालको शैक्षिक इतिहासलाई कति भागमा वर्गीकरण गरिएको छ?- ३ भाग
६८. शिक्षामा उपेक्षाको काल भनेर कुन काललाइ चिनिन्छ?- प्राचीनकाल
६९ कुन कालमा शिक्षा धर्मप्रदान थियो ?- लिच्छविकाल ।
७०. लिच्छविकालमा शिक्षा हेर्ने प्रशाशनिक अंगको नाम के थियो ?- अग्रहार
७१. अंशुवर्माले शिक्षा आर्जनको लागि शिक्षण संस्थालाई कति भागमा वर्गीकरण गरेका थिए ?- ३ भागमा (शैव, बैष्ण्व,बौद्ध )
७२. ध्वनी शास्त्रको निर्माण गर्ने ब्यक्ति को हुन?- अंशुवर्मा
७३. शिक्षालाइ धर्मबाट अलग गर्ने राजा को हुन?- सिद्दिनरसिंह मल्ल
७४. सैनिक शिक्षा र छात्रवृत्तिको प्रथाको सुरुवात गर्ने राजा को हुन?- पृथ्वीनारायण शाह
७५. दरबार स्कुलमा कुनकुन विषय पढाउन निषेध गरिएको थियो ?- इतिहास र भूगोल
७६. नेपालको औपचारिक पहिलो बिधालय दरबार स्कुल कुन राजाको पालामा कस्ले स्थापना गरेको थियो ?- राजा सुरेन्द्रविक्रम शाहको राज्यकालमा ,जङ बहादुर राणाले
७७. सबैभन्दा बढी समय शिक्षा डाइरेक्टर हुने ब्यक्ति को हुन?- भिमशमशेर,१९ बर्ष
७८. पहिलो र अन्तिम शिक्षा डाइरेक्टर को हुन?- बबरजङ राणा र मृगेन्द्र शमशेर
७९. सरकारी स्तरबाट खुलेको पहिलो संस्कृत पाठशाला कुन हो?- रानीपोखरी संस्कृत पाठशाला।
८०. दरबार स्कुलमा अङ्ग्रेजी पढाउने पहिलो नेपाली गरुढध्वज राणा कहिले नियुक्त भएका थिए ?- वि.स १९३५
८१. कुन प्रधानमन्त्रीको पालामा दरबार हाइस्कुलमा सर्वसाधारण जनताको छोराछोरीलाई प्रवेश दिइयो?- वीर शमशेर
८२. स्थापनाको कति बर्ष पछि दरबार हाइस्कुल आफ्नो दरबारमा सरेको थियो ?- ३८ बर्ष
८३. नेपाली भाषाको पहिलो पुस्तक अक्षराङ्क शिक्षाका लेखक को थिए ?- जयपृथ्वीबहादुर सिंह
८४. गोरखापत्रको प्रकाशन कहिले र कस्को पालामा भयो ?- वि.स १९५८ बैशाख २४ देवशमशेरको पालामा
८५. पहिलो entrance पास गर्ने सर्वसाधारण नेपालीका छोरा को हुन?- वीरजङ बिष्ट
८६. वि.स १९६७ कार्तिकमा स्थापना भएको पासजाच अड्डालाई कहिले परीक्षा नियन्त्रण कार्यालयमा परिणत गरियो?- वि.स २०१८ असार ३१
८७. पुस्तकालय पर्व कहिले र कसको पालामा भएको थियो ?- वि.स १९८७ भिमशमशेरको पालामा
८८. कृषि स्कुलको स्थापना कुन प्र.म ले गरेका थिए ?- जुद्द शमशेर
८९. दुनियाँका तर्फबाट प्राइभेट स्कुल खडा गर्न खड्ग निशाना सदर कहिले भएको थियो ?- वि.स १९९५ चैत २८
९०. शिक्षाको पहिलो कानुनी दस्तावेज शिक्षा इस्तिहार कहिले जारी भयो ?- वि.स १९९६ माघ ८
९१. इस्तिहार अनुसार विधालय शिक्षाको संरचना कुन थियो ?-३+४+३
९२. शिक्षा इस्तिहार १९९६ ले कति प्रतिशत गरिब बिद्यार्थीलाई निशुल्क पढाउने ब्यवस्था गरेको थियो ?- २०%
९३. नेपालमा औपचारिक रुपमा प्राविधिक तथा ब्यवसायीक शिक्षाको सुरुवात कहिले बाट भयो ?- वि. स १९९९, हालको पुल्चोक इन्जिनियर क्याम्पस
स्थापना सङै
९४. उपत्यका बाहिरको पहिलो SLC परीक्षा केन्द्र कहिले र कहाँ रहेको थियो ?- वि.स २००१ सालमा त्रीजुद्द हाइस्कुल बिरगंज
९५. स्कुलका पिता भनेर कसलाई चिनिन्छ?- पदमशमशेर
९६. जङ्ग बहादुरले बेलायत बाट आउँदा ल्याएको प्रेसको नाम के थियो ?- गिद्दे प्रेस
९७. दरबार स्कुलको अन्तिम परीक्षालाई कलकत्ता विश्वविद्यालयमा के भनिन्थ्यो?- Entrance
९८. सबैभन्दा पुरानो पुस्तकालय कुन हो? – शास्त्रविधान गृह धनकुटा
९९. पहिलो entrance पास गर्ने राणा प्रधानमन्त्री को हुन?- चन्द्र शमशेर  
१००. “अस्पताल,स्कूल घर बनाउनु पनि स्कूल बनाउनु जस्तै हो” यो भनाइ कस्को हो?- जयपृथ्वी बहादुर सिंह

 

प्रकाशित मिति: २०७९ कार्तिक १३, आईतबार