FLASH NEWS
  • Loading...

शिक्षक सेवा आयोग तयारि सामग्री ; १०० प्रश्नोत्तर

Post Thumbnail

१. नेपालको शैक्षिक प्रशासनलाई २८ जिल्लामा कहिले बिभाजन गरिएको थियो ?- वि.स २०१५
२. नेपालको शिक्षा प्रशासनलाई १४ अञ्चल र ७५ जिल्लामा बिस्तार कहिले गरियो ?- वि.स २०१५
३. वि.स २०२० मा झापाको बुधबारेमा अनिवार्य निशुल्क प्राथमिक शिक्षाको उद्घाटन कसले गरेका थिए ?- राजा महेन्द्रले
४. विशेष शिक्षा कार्यक्रमको थालनी कहिले बाट भएको हो?- वि.स २०२१
५. पहिलो शिक्षा नियमावली कहिले प्रकाशन भयो?- वि.स २०२३
६. वि.स २०१८ मा स्थापित १४ अन्चल शिक्षा अधिकारी कहिले खारेज गरियो?- वि.स २०२७
१५. नंया शिक्षा योजना लागू भएका प्रथम जिल्ला कुनकुन हुन?- चितवन र कास्की
१६. प्राथमिक तहको शिक्षा निशुल्क गर्ने घोषणा कहिले भयो ?- वि.स २०३१ फागुन १२ राजा बिरेन्द्रले
१७. सरकारले दुर्गम क्षेत्रका २८ बिधालयमा निशुल्क पाठ्यपुस्तक वितरण गर्न कहिले सुरु गर्‍यो ?- वि.स २०३२/२०३३
१८. सरकारले निजि क्षेत्रमा कलेज स्थापना गर्न स्वीकृत कहिले देखि दिन थालेको हो?- वि.स २०३७
१९. वि.स २०४१ सालमा कसको ऋण सहयोग र प्राविधिक सहयोगमा प्राथमिक शिक्षा परियोजना संचालन भएको थियो ?- बिश्व बैंकको ऋण र युनिसेफको प्राविधिक सहयोग
२०. महेन्द्र संस्कृत विश्वविद्यालयको स्थापना कहिले भयो ?- वि.स २०४३ दाङको बेल्झुन्डीमा
२१. उच्च शिक्षा ऐन जारी कहिले भयो ?-वि.स २०४६ कार्तिक १
२२. राष्ट्रिय शिक्षा आयोगको गठन कहिले भयो ?- वि.स २०४७ फागुन १४
२३. निजि क्षेत्रको पहिलो विश्वविद्यालय कुन हो?- काठमाडौं विश्वविद्यालय
२४. प्राथमिक विधालयमा भर्ना गर्नुपर्दा जन्मदर्ता अनिवार्य हुनुपर्ने निर्णय कहिले बाट भयो ?- वि.स २०४९ फागुन १
२५. शिक्षा ऐनको कुन सन्सोधनले राष्ट्रिय शब्द हटाएर शिक्षक सेवा आयोग नाम राख्यो?– ७ औ(२०५८/१०/२५)
२६. कक्षा १ मा अङ्ग्रेजी अनिवार्य कहिले देखि भयो ?- वि.स २०६०
२७. राष्ट्रिय परीक्षा बोर्डको गठन कहिले भएको हो?- वि.स २०७३ असार १५
२८. वि.स २००७ सालसम्म कति वटा प्रावि,मावी,र उच्च तह थिए ?- क्रमश ३२१,११,१ (त्रीचन्द्र कलेज)
२९. राणा शासनको अन्त्यमा नेपालमा पुस्तकालयको संख्या कति थियो ?- ६ वटा
३०. योजनाबद्ध प्रौढ शिक्षाको थालनी कहिले देखि भएको हो?- वि.स २०१३
३१. College of Education को स्थापना कहिले भयो ?- वि.स २०१३ भाद्र २४
३२. नेपालभरका बिधालयमा नेपाली भाषामा पढाउनुपर्ने ब्यवस्था कहिले देखि भयो?- वि.स २०१४
३३. नेपाली भाषाले राष्ट्रिय रुपमा राष्ट्र भाषाका रुपमा बैधानिक मान्यता कहिले पाएको हो?- वि.स २०१५
३४. प्राथमिक स्कुलको पाठ्यक्रम सरकारी तवरबाट प्रकाशन कहिले बाट गरियो?- वि.स २०१५
३५. निमावी निरीक्षक हटाएर प्राविनी र माविनिको ब्यवस्था लागु कहिले भयो?- वि.स २०३०
३६. शिक्षा ऐनको कुन संसोधनले बिधालय तहको संरचना प्रारम्भिक बालविकास देखि कक्षा ८ सम्म आधारभुत तह र कक्षा ९-१२ माध्यमिक तह बनायो?– ८ औ सन्सोधनले वि.स२०७३/०३/१५
३७. शिक्षा मन्त्रालयको नाम शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्रालय बनाइयो?- वि.स २०७४ चैत १
३८. ७७ वटै जिल्लामा शिक्षा विकास तथा समन्वय इकाइ रहने निर्णय नेपाल सरकार मन्त्रीपरिषद बाट कहिले भयो ?- वि. स २०७४ चैत २७
३९. खुला विश्वविद्यालयमा औपचारिक रुपमा पठनपाठन कहिले देखि भएको हो?- वि.स २०७५ जेठ १२
४०. राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ मन्त्रीपरिषदबाट स्वीकृत कहिले भएको हो?- वि.स २०७६ कार्तिक १८
४१. शिक्षक सेवा आयोग नियमावली को १० औ संसोधन कहिले भएको हो?- वि.स २०७६ असोज १३
४२. वि.स २०७६ को बिद्यार्थी भर्ना अभियानको आदर्श वाक्य के थियो ?- ” सबै बालबालिकालाई बिधालय पठाऔ, नेपाललाई शिक्षितहरुको देश बनाऔ”
४३. ७ औ राष्ट्रिय बिज्ञान दिवस २०७६ असोज १ को नारा के थियो ?- “विज्ञान प्रविधि र नवपर्वतन:सामाजिक आर्थिक रुपान्तरण
४४. कक्षा १ मा एकीकृत पाठ्यक्रम लागू कहिले भएको हो?-शैक्षिकसत्र वि.स २०७७
४५. Letter grading निर्देशिका २०७८ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बाट कहिले स्वीकृत भयो ?-वि.स २०७८ पुस ७ गते (पहिलो संसोधन २०७८ फागुन १८)
४६. बिधालय तहको नंया पाठ्यक्रम ढाचा स्वीकृत कहिले भएको हो?- वि.स २०७५ जेठ २
४७. स्रोतकेन्द्र ब्यवस्थापन प्रणाली खारेज कहिले भयो ?- वि.स २०७५ फागुन ३
४८. राप्ती स्वास्थ विज्ञान प्रतिष्ठान स्थापना कहिले भयो ?- वि.स २०७४ असोज २९
४९. स्थानीय सरकार सन्चालन ऐन, २०७४ कहिले जारी भएको हो?- वि.स २०७४ असोज २९
५०. शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना कहिले भयो ?- वि.स २०६६ कार्तिक १३
५१. दरबार हाइस्कुलमा अङ्ग्रेजी पढाउने पहिलो नेपाली को हुन?- गरुढध्वज राणा
५२. वि.स १९९५ मा स्थापना भएको सत्यवादी पाठशालाले स्थापनाको कति बर्ष पछि सरकारी मान्यता पायो?- ३२ बर्ष
५३. उपत्यका बाहिरको पहिलो अङ्ग्रेजी स्कुल कुन हो?- चन्द्र मिडिल सिराहा (वि.स १९७२)
५४. त्रीचन्द्र कलेजका प्रथम पृन्सिपल को हुन?- बटुकृष्ण मैत्रेय
५५. प्रथम director general को हुन?- बहादुर शमशेर
५६. दरबार स्कुलको सम्बन्धन कलकता विश्वविद्यालय बाट पटना मा कहिले सारियो? वि.स १९८०
५७. सरदार रुद्रराज पाण्डे दरबार स्कुलको हेडमास्टरमा कहिले नियुक्त भएका थिए ?- वि.स १९८२
५८. आफूले पढाएको बिद्यार्थी हेडमास्टर भएपछि नेपाल छोडेर भारत जाने दुई ब्यक्ति को हुन?- शारदा प्रसाद मुखर्जी र इश्वरी दत्त रतौडी
५९. वि.स १९८७ फागुन १९ मा भएको Technical School कस्को पालामा स्थापना भएको थियो ?- भिमशमशेर
६०. गोरखा भाषा प्रकाशीनी समितिलाई कहिले साझा प्रकाशनमा परिणत गरियो?- वि.स २०२१ मंसिर २५
६१. कृषि स्कुल कस्को पालामा स्थापना भएको थियो ?- जुद्द शमशेर १९८९
६२. SLC बोर्डको स्थापना कहिले भयो ?- वि.स १९९० कार्तिक १६
६३. वि.स १९९० को slc परीक्षामा जम्मा कतिजनाले परीक्षा दिएका थिए ?- ३३ जना
६४. SLC परीक्षामा कक्षा १० बाट मात्रै प्रश्न सोध्ने ब्यवस्थाको थालनी कहिले भयो ?- वि.स २०६३ कार्तिक १३
६५. Inspector of school को स्थापना वि.स १९९८ मा भएको थियो भने पहिलो inspector of school को हुन?- सुर्य प्रसाद उपाध्याय
६६. “म राष्ट्रको नोकर हुँ ” भन्ने ब्यक्ति को हुन?- पदम शमशेर

सामाजिक सञ्जाल तिर

६७. नेपालको शैक्षिक इतिहासलाई कति भागमा वर्गीकरण गरिएको छ?- ३ भाग
६८. शिक्षामा उपेक्षाको काल भनेर कुन काललाइ चिनिन्छ?- प्राचीनकाल
६९ कुन कालमा शिक्षा धर्मप्रदान थियो ?- लिच्छविकाल ।
७०. लिच्छविकालमा शिक्षा हेर्ने प्रशाशनिक अंगको नाम के थियो ?- अग्रहार
७१. अंशुवर्माले शिक्षा आर्जनको लागि शिक्षण संस्थालाई कति भागमा वर्गीकरण गरेका थिए ?- ३ भागमा (शैव, बैष्ण्व,बौद्ध )
७२. ध्वनी शास्त्रको निर्माण गर्ने ब्यक्ति को हुन?- अंशुवर्मा
७३. शिक्षालाइ धर्मबाट अलग गर्ने राजा को हुन?- सिद्दिनरसिंह मल्ल
७४. सैनिक शिक्षा र छात्रवृत्तिको प्रथाको सुरुवात गर्ने राजा को हुन?- पृथ्वीनारायण शाह
७५. दरबार स्कुलमा कुनकुन विषय पढाउन निषेध गरिएको थियो ?- इतिहास र भूगोल
७६. नेपालको औपचारिक पहिलो बिधालय दरबार स्कुल कुन राजाको पालामा कस्ले स्थापना गरेको थियो ?- राजा सुरेन्द्रविक्रम शाहको राज्यकालमा ,जङ बहादुर राणाले
७७. सबैभन्दा बढी समय शिक्षा डाइरेक्टर हुने ब्यक्ति को हुन?- भिमशमशेर,१९ बर्ष
७८. पहिलो र अन्तिम शिक्षा डाइरेक्टर को हुन?- बबरजङ राणा र मृगेन्द्र शमशेर
७९. सरकारी स्तरबाट खुलेको पहिलो संस्कृत पाठशाला कुन हो?- रानीपोखरी संस्कृत पाठशाला।
८०. दरबार स्कुलमा अङ्ग्रेजी पढाउने पहिलो नेपाली गरुढध्वज राणा कहिले नियुक्त भएका थिए ?- वि.स १९३५
८१. कुन प्रधानमन्त्रीको पालामा दरबार हाइस्कुलमा सर्वसाधारण जनताको छोराछोरीलाई प्रवेश दिइयो?- वीर शमशेर
८२. स्थापनाको कति बर्ष पछि दरबार हाइस्कुल आफ्नो दरबारमा सरेको थियो ?- ३८ बर्ष
८३. नेपाली भाषाको पहिलो पुस्तक अक्षराङ्क शिक्षाका लेखक को थिए ?- जयपृथ्वीबहादुर सिंह
८४. गोरखापत्रको प्रकाशन कहिले र कस्को पालामा भयो ?- वि.स १९५८ बैशाख २४ देवशमशेरको पालामा
८५. पहिलो entrance पास गर्ने सर्वसाधारण नेपालीका छोरा को हुन?- वीरजङ बिष्ट
८६. वि.स १९६७ कार्तिकमा स्थापना भएको पासजाच अड्डालाई कहिले परीक्षा नियन्त्रण कार्यालयमा परिणत गरियो?- वि.स २०१८ असार ३१
८७. पुस्तकालय पर्व कहिले र कसको पालामा भएको थियो ?- वि.स १९८७ भिमशमशेरको पालामा
८८. कृषि स्कुलको स्थापना कुन प्र.म ले गरेका थिए ?- जुद्द शमशेर
८९. दुनियाँका तर्फबाट प्राइभेट स्कुल खडा गर्न खड्ग निशाना सदर कहिले भएको थियो ?- वि.स १९९५ चैत २८
९०. शिक्षाको पहिलो कानुनी दस्तावेज शिक्षा इस्तिहार कहिले जारी भयो ?- वि.स १९९६ माघ ८
९१. इस्तिहार अनुसार विधालय शिक्षाको संरचना कुन थियो ?-३+४+३
९२. शिक्षा इस्तिहार १९९६ ले कति प्रतिशत गरिब बिद्यार्थीलाई निशुल्क पढाउने ब्यवस्था गरेको थियो ?- २०%
९३. नेपालमा औपचारिक रुपमा प्राविधिक तथा ब्यवसायीक शिक्षाको सुरुवात कहिले बाट भयो ?- वि. स १९९९, हालको पुल्चोक इन्जिनियर क्याम्पस
स्थापना सङै
९४. उपत्यका बाहिरको पहिलो SLC परीक्षा केन्द्र कहिले र कहाँ रहेको थियो ?- वि.स २००१ सालमा त्रीजुद्द हाइस्कुल बिरगंज
९५. स्कुलका पिता भनेर कसलाई चिनिन्छ?- पदमशमशेर
९६. जङ्ग बहादुरले बेलायत बाट आउँदा ल्याएको प्रेसको नाम के थियो ?- गिद्दे प्रेस
९७. दरबार स्कुलको अन्तिम परीक्षालाई कलकत्ता विश्वविद्यालयमा के भनिन्थ्यो?- Entrance
९८. सबैभन्दा पुरानो पुस्तकालय कुन हो? – शास्त्रविधान गृह धनकुटा
९९. पहिलो entrance पास गर्ने राणा प्रधानमन्त्री को हुन?- चन्द्र शमशेर  
१००. “अस्पताल,स्कूल घर बनाउनु पनि स्कूल बनाउनु जस्तै हो” यो भनाइ कस्को हो?- जयपृथ्वी बहादुर सिंह

प्रकाशित मिति: २०७९ चैत्र १५, बुधबार