FLASH NEWS
  • Loading...

शिक्षक सेवाआयोग तयारी सामग्री (शैक्षिक इतिहास , २०० प्रश्न)

Post Thumbnail

शिक्षकसेवा आयोग / विनि / प्रास तथा शिक्षक लाइसे्रन्सको लागि उपयोगी सामग्री

शिक्षकसेवा आयोग / विनि / प्रास तथा शिक्षक लाइसे्रन्सको लागि उपयोगी सामग्री

 

सामाजिक सञ्जाल तिर

नेपालको शैक्षिक इतिहास

१. प्रचीनकालीन धार्मिक शिक्षाका प्रकारहरु केके हुन ?
संस्कृत शिक्षा र बौद्ध शिक्षा
२. प्राचीनकालीन शिक्षा पद्धतिमा वेदको अध्ययन सकेपछि सन्यास लिने महिलालाई के भनिन्थ्यो ?
ब्रहमबादीनी
३. प्राचीन कालीन शिक्षामा वेदको अध्ययन सकेपछि गेहस्थ प्रवेश गर्ने महिलालाई के भनिन्थ्यो ?
सधोवधु
४. लिच्छवी कालको शैक्षिक क्षेत्र हेर्ने प्रशासनिक अंग कुन हो ?
अग्रहार
५. लिच्छवीकालीन शिक्षा मूलतः केमा आधारित थियो ?
धर्म
६. लिच्छवीकालीन शिक्षाको माध्यम भाषा कुन थियो ?
संस्कृत भाषा
७. एघारौं सताब्दीमा नेपालमा शिक्षाका प्रमुख केन्द्र  मानिएका ठाँउहरु कुन कुन हुन ?
फर्पिङ, पाटन, काठमाडौं
८. लिच्छवीकालमा शिक्षा सन्चालनको मुख्य आधार के थियो ?
गुठी
९. लिच्छवीकालमा राष्ट्रले शिक्षालाई कुन रुपमा लिने गर्दथ्यो ?
ऐच्छिक
१०.धर्मबाट शिक्षालाई छुट्याउने व्यक्ति को हुन ?
सिद्धिनरसिंह मल्ल
११. मल्लकालमा व्यवसायिक शिक्षाको माध्यमबाट सीप सिकाउने राजा को हुन ?
जयस्थिति मल्ल
१२. शिक्षा प्रमी राजा भनेर कसलाई चिनिन्छ ?
राम शाह
१३. प्राचीनकालमा नेपालको वैदिक शिक्षा भन्नाले कुन शिक्षा प्रणलीलाई बुझिन्छ ?
गुरकुल, पीतृकुल, देवकुल
१४. वैदिक कालमा शिक्षा दिने कार्य कोबाट प्रारम्भ हन्थ्यो ?
आमा बुबा
१५. प्राचीनकालीन शिक्षा पद्धतिमा पैसा लिएर ट्युसन पढाउने कार्यलाई के भनिन्थ्यो ?
भृतकाध्ययन
१६.प्राचीनकालीन शिक्षा पद्धति कुन धर्मबाट अनुप्राणित रहेको पाइन्छ ?
वैदिक धर्म
१७. प्राचीनकालीन शिक्षा पद्धतिमा दिक्षान्त कसरी गराइन्थ्यो ?
अष्टकलशले स्नान गराई स्नातकोतर उपाधी प्रदान गरेर
१८. प्राचीनकालीन शिक्षा पद्धितिमा संस्कृत शिक्षाको केन्द« कुन हो ?
दिङगला
१९. नेपालमा सैनिक शिक्षा र छात्रवृतीको सुरुवात कसले गरे ?
पृथ्वीनारायण शाह
२०. नेपालमा आधुनिक सैनिक शिक्षा दिने व्यक्ती को हुन ?
भीमसेन थापा
२१. नेपाली भाषालाई राज भाषाका रुपमा प्रयोग गर्ने व्यक्ति को हुन ?
पृथ्वीनारायण शाह
२२. शिक्षाका माध्यमबाट धर्मप्रचार गर्ने र धार्मिक शिक्षा दिने कार्य नियन्त्रण कसले गरे ?
सिद्धिनरसिंह मल्ल
२३. नेपालमा अंग्रजी शिक्षाको सुरुवात गर्ने व्यक्ति को हुन ?
जंगबहादुर राणा
२४. नेपालमा अंग्रेजी शिक्षाको सुरुवात कहिलेबाट भयो ?
वि.संं १९१०
२५. दरवार स्कुलको स्थापना कहिले भयो ?
वि.सं. १९१० (सन १८५४)
२६. दरवार स्कुलको पहिलो सुपरिवेक्षक को हुन ?
Mr. Rose
२७.दरवार स्कुलको पहिलो प्रधानाध्यपक को हुन ?
Mr. Canning
२८. दरवार स्कुलको पहिलो नेपाली प्रधानाध्यपक को हुन ?
रूद्राराज पाण्डे
२९. नेपालमा सर्वप्रथम शिक्षा विभागको स्थापना कहिले भयो ?
वि.सं. १९१५
३०. शिक्षा विभागको पहिलो डाइरेक्टर को हुन ?
बबरजंग राणा
३१. नारायणहिटी संस्कृत पाठशालाको स्थापना कहिले भयो ?
वि.सं. १९२७
३२. षडानन्द अधिकारीले दिङलामा संस्कृत पाठशाला कहिले स्थापना गरे ?
वि.सं. १९३२
३३. दरवार स्कूलमा भाइभारदारका छोराछोरीले प्रवेश पाँउने व्यवस्था कहिले भयो ?
वि.सं. १९३२
३४. दरवार स्कूललाई माध्यमिक तहसम्म स्तरोन्नती कसले गरेका हुन ?
धीर शमशेर
३५. पहिलो सरकारी पाठशाला कुन हो ?
रानीपोखरी पाठशाला
३६. रानीपोखरी पाठशालाको स्थापना कसले गरेका हुन ?
रणेद्धिप सिंह
३७.रानीपोखरी पाठशालाको स्थापना कहिले भयो ?
वि.सं. १९३४
३८. रानीपोखरी पाठशालाको सम्बन्धन कुन विश्वविद्यालयसँग थियो ?
कलकत्ता विश्वविद्यालय
३९. धनकुटामा शास्त्रविधान नामक पुस्तकालयको स्थापना कहिले भयो ?
वि.सं. १९४१
४०. दरवारहाइस्कूल सर्वसाधरणको लागि कहिले खुला गरियो ?
वि.सं. १९४२
४१. दरवार हाइस्कूल सर्वसाधरणको लागि कसले खुला गरेका थिए ?
वीर शमशेर
४२. स्कूल गोस्वाराको स्थापना कहिले भयो ?
वि.सं. १९५२
४३. उपत्यकामा ५७ र उपत्यका बाहिर १०० वटा भाषा पाठशाला स्थापना कसले गरेका थिए?
देवशमशेर
४४. देवशमशेरले १५७ भाषा पाठशालाको स्थापना कहिले गरे ?
वि.सं. १९५७
४५. अक्षरांक शिक्षाका लेखक को हुन ?
जयपृथ्वीबहादुर सिंह
४६. भाषा पाठशालामा अध्ययन गराउन निःशुल्क वितरण गरिएको पुस्तक कुन हो?
अक्षरांक शिक्षा
४७. महिला शिक्षाको सुरुवात कहिलेदेखी भएको हो ?
वि.सं. १९४५
४८. महिला शिक्षाको सुरुवात गर्ने प्रधानमन्त्रको हुन ?
वीर शमशेर
४९. जयपृथ्वीबहादुर सिंहले लेखेका पुस्तकहरु
बालबोध, भुगोल विधा, से्रस्ता बोध, अक्षरांक शिक्षा
५०. केटाकेटी पढाउनको लागि खोलिएको किताब तर्जुमा अड्डाको स्थापना कहिले भयो?
वि.सं. १९६०
५१. जयपृथ्वीबहादुर सिंहले सत्यवादी पाठशालाको कहिले गरेका थिए ?
वि.सं. १९६३
५२. पासजाँच अड्डाको स्थापना कहिले भएको हो ?
वि.सं. १९६७
५३. गोरखा भाषा प्रकाशिनी समितिका लागि कहिले स्वीकृती प्राप्त भयो ?
वि.सं. १९६७
५४. गोरखा भाषा प्रकाशिनी समतिको नाम परिवर्तन गरेर नेपाली भाषा प्रकाशिनी समिति कहिले बनाइयो ?
वि.सं. १९८९
५५. उपत्यका बाहिरको पहिलो अंग्रजी स्कूल कुन हो ?
चन्द्र मिडल स्कूल
५६. चन्द्र मिडिल  स्कूलको स्थापना कहिलले कहाँ भएको थियो ?
वि.सं. १९७२, सिराह
५७. पाशुपत प्रेशबाट प्रकाशित भएको पहिलो पुस्तका कुन हो ?
गोरखा शिक्षा
५८. त्रिभुवनचन्द्र  कलेजको स्थापना कहिले भयो ?
वि.सं. १९७५ भाद्र  २७
५९. त्रिभुवनचन्द्र  कलेजको स्थपना हुँदा सम्बन्धन कुन विश्वविद्यालयसँग थियो ?
कलकत्ता विश्वविद्यालय
६०. त्रिभुवनचन्द्र  कलेजलाई ‘ त्रिचन्द्र  कलेज’ नामाकरण कहिले गरियो ?
वि.सं. १९८०
६१. वि.सं. १९८० पछि त्रिचन्द्र  कलेजको सम्बन्धन कुन कलेजबाट थियो ?
पट्ना विश्वविद्यालय
६२. स्रेस्ता पाठाशालामा चारपासेअन्तरगत पछि थपिएको विषय कुन हो ?
औठा
६३. स्रेस्ता पाठाशालामा नेपाली र साहित्य विषय थप गरि कहिले ६ पासे बनाइयो ?
वि.सं. १९८५
६४. जुद्धशमशेरको पालामा ६ पासेलाई के भनिन्थ्यो ?
निजामति द्धितीया
६५. जुद्धशमशेरको पालामा ११ पासेलाई के भनिन्थ्यो ?
निजामति द्धितीया
६६. पाटन ढोकामा कन्या पाठशालाको स्थापना कहिले भयो ?
वि.सं. १९८०
६७. दरवार हाइस्कूलमा रुद«राज पाण्डे कहिले प्र.अ.को रुपमा नियुक्त भए ?
वि.सं.१९८२
६८. चन्द«शमशेरले बारामा चन्द«मिडिल स्कूलको स्थापना कहिले गरे ?
वि.सं. १९८४
६९. राजकीय आयुर्वेदिक स्कूलको स्थापना कहिले भयो ?
वि.सं. १९८५
७०. वसन्तपुरमा टेक्नीकल स्कूलको स्थापना कहिले भयो ?
वि.सं. १९८७
७१. जुद्धशमशेरले कृषि स्कूलको स्थापना कहिले गरे ?
वि.सं. १९८९
७२. नेपालका प्रथम शिक्षामन्त्री को हुन ?
नृपजंग राणा
७३. नेपालका प्रथम जननिर्वाचित शिक्षा मन्त्री को हुन ?
परशुनारायण चौधरी
७४. नेपालको प्रथम महिला शिक्षामन्त्री को हुन ?
चित्रालेखा यादव
७५. नेपालमा एस.एल.सी. बोर्डको स्थापना कहिले भयो ?
वि.सं. १९९० कार्तिक १६
७६. एस.एल.सी. बोर्डको स्थापना हुँदा जम्मा कतिवटा हाइस्कूल थिए ?
२ वटा, पाटन र दरवार
७७. वि.सं. १९९० सालको एस.एल.सी.मा कतिजाना परिक्षार्थीले आवेदन भरेका थिए ?
३४ जना –(दरवारस्कूलका २७, पाटन का ७ )
७८. वि.सं. १९९० को एस.एल.सी.मा कति परिक्षार्थी सहभागी थिए ?
३३ जना (१जना अनुपस्थीत)
७९. वि.सं. १९९० को एस.एल.सि.मा कति परिक्षार्थी उतीर्ण भए ?
१९ जना
८०. वि.सं. १९८० को एस.एल.सी.मा कतिजना विद्यार्थी द्धितीय र तिृतीय श्रेणीमा उतीर्ण भए ?
१० र ९
८१. वि.सं. १९९० सालको एस.एल.सी.मा पूर्णाङक र उतीर्णाङक कति थियो ?
पूर्णाङक ८००, उर्तीणाङक २८०
८२. एस.एल.सी.बोर्डका प्रथम परिक्षा नियन्त्रक को हुन ?
हरिमणी आचार्य
८३. शिक्षासम्बन्धी पहिलो बोर्ड कहिले गठान भएको थियो र कति सदस्य थिए ?
वि.सं. १९९३, २२ सदीय
८४. निजि विद्यालय खोल्न कहिले स्वीकृती प्रदान गरियो ?
वि.सं. १९९५ चैत २८
८५. पहिलो निजि विद्यालय कुन हो ?
जुद्धोदय पब्लिक हाइस्कूल
८६. जुद्धोदय हाइस्कूल कहाँ खुलेको थियो ?
विराटनगर
८७. शिक्षासम्बन्धि पहिलो स्तीहार कहिले घोषणा भयो ?
वि.सं. १९९६ माघ ८
८८. शिक्षासम्बन्धि इस्तीहारमा कति दफा थिए ?
४२
८९. शिक्षा इस्तिहारका अनुसार विद्यालीय संरचना कुन हो ?
३,४,३
९०. पहिलोपाटक विद्यालय सन्चालक समितिको व्यवस्था गर्ने शैक्षिक दस्तावेज कुन हो ?
शिक्षाको इस्तिहार , १९९६
९१. नेपाली भाषानुवाद परिषदको गठन कहिले भएको हो ?
वि.सं. १९९७ असोज १८
९२. नेपालमा विद्यालय निरिक्षणको सुरुवात कहिले भएको हो ?
वि.सं. १९९८
९३. नेपालमा औपचारिकरुपमा प्राविधिक तथा व्यवसायिक शक्षाको सुरुवात कहिले भएको हो ?
वि.सं. १९९
९४. पहिलो इन्सपेक्टर अफ स्कुलको स्थापना कहिले भएको हो ?
वि.सं. १९९ असोज २२
९५. पहिलो इन्स्पेक्टर अफ स्कुलकोरुपमा कसलाई चिनिन्छ ?
सूर्यप्रसाद उपाध्याय
९६. उपत्यका बाहिरको पहिलो एसएलसी केन्द« कुन हो?
त्रिजुद्ध हाइस्कुल, वीरगंज
९७. संस्कृत भाषालाई मृत भाषा भनी नामाकरण गर्ने राणा प्रम को हुन ?
पद्य शमशेर
९८. एसएलसी मा पूरक परिक्षाको व्यवस्था कहिले देखि गरियो ?
वि.सं. २००३
९९. एसएलसी पूरक परिक्षाको व्यवस्था कहिले देखी बन्द गरियो ?
वि.सं. २०२३
१००. एसएलसीमा पूरक परिक्षाको पुनःव्यवस्था कहिले गरियो ?
वि.सं. वि.सं. २०५४
१०१. शिक्षा इस्तिहार, १९९६ ले विद्यालय खोल्न लगाएको बन्देज खोल्ने काम कसले गरे ?
पद्य शमशेर
१०२.नेपालको शैक्षिक इतिहासमा विद्यालयका पिता भनेर कसलाई चिनिन्छ ?
पद्यशमशेर
१०३. आधार शिक्षक प्रशिक्षण केन्द्रको   स्थापना कहिले भयो ?
वि.सं. २००४ जेठ १०

आधार शिक्षाको सुरुवात कहिले भएको हो ?
वि.सं. २००४ असोज १६
१०४. प्रथम विश्वविद्यालय योजना कमिसनको गठन कहिले भएको हो ?
वि.सं. २००५
१०५. प्रथम विश्वविद्यालय योजना कमिसनको अध्यक्ष कोे थियो ?
मृगेंद्र  शमशेर
१०६. प्रथम विश्वविद्यालय योजना कमिसनमा कतिजना सदस्य थिए?
२५ जना
१०७. शिक्षा विभागबाट प्रकाशन हुने मासिक पत्रिका नेपाल शिक्षा कहिलेबाट प्रकाशन हुन थालेको ?
वि.सं. २००५, असोज १५
१०८. वि.सं. २००७ मा नेपालको साक्षरता प्रतिशत कति थियो ?
२ प्रतिशत
१०९. वि.सं. २००७ मा नेपालको महिला साक्षरता प्रतिशत कति थियो ?
०.७ प्रतिशत
११०. वि.सं. २००७ सालमा प्रा.वि., नि.मा.वि., मा.वि. र कलेज संख्या कति थिए ?
३२१, ११, १
१११. शिक्षा मन्त्रालयको स्थापना कहिले भएको हो ?
वि.सं. २००७
११२. शैक्षिक विकेन्द्रीकरण  गर्ने उद्देश्यले देशलाई सात भागमा कहिले विभाजन गरियो ?
वि.सं. २०१० माघ १६
११३. नेपाल युनेस्को को सदस्य कहिले भएको हो ?
वि.सं. २०१०
११४. नेपालमा घुम्ती शिक्षक तालिम कार्यक्रम कहिले सन्चालन भएको थियो ?
वि.सं. २०१३
११५. कलेज अफ एजुकेशनको स्थापना कहिले भयो ?
वि.सं. २०१३ भाद्र २४
११६. नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना कहिले भएको हो ?
वि.सं. २०१४
११७. नेपाली भाषाले कहिले देखी राष्ट्र भाषाको रुपमा मान्यता पायो ?
वि.सं. २०१५
११८. नेपालको शैक्षिक प्रशासनलाई कहिले देखी २८ जिल्लामा विभाजन गरिएको थियो ?
वि.सं. २०१५
११९. कहिलेबाट लागुहुने गरि प्राथमिक तहको पाठ्यक्रम सरकारीतवरबाट प्रकाशन गरिएको थियो ?
वि.सं. २०१६ वैशाख ५
१२०. त्रिभवन विश्वविद्यायको स्थापना कहिले भएको हो ?
वि.सं. २०१६ असार ३०
१२१. १४ अन्चल र ७५ जिल्लामा शिक्षा कार्यालय कहिले स्थापना गरियो ?
वि.सं. २०१८
१२२. पासजाँच अड्डालाई कहिले परिक्षा नियन्त्रण कार्यालयमा परिवर्तन गरियो ?
वि.सं. २०१८ वैशाख
१२३. नेपाल राष्ट्रिय पुस्तकालया सर्वसाधरणको लागि कहिले खुला गरियो ?
वि.सं. २०१८
१२४. पहिलो शिक्षा ऐन कहिले जारि भयो ?
वि.सं. २०२३
१२५. निःशुल्क तथा अनिवार्य प्राथमिक शिक्षाको सुरुवात कहिले भयो ?
वि.सं. २०२० माघ १३
१२६. कहिले देखी शिक्षा मन्त्रालयले नियमितरुपमा तथ्यांक संकलन र प्रकाशन गर्न थाल्यो ?
वि.सं. २०२१
१२७. शिक्षण महाविद्यालयमा एम.एड. पढाई सुरुवात कहिलेबाट भएको हो ?
वि.सं. २०२२
१२८. बाल मन्दिर नक्शालमा बहिरा स्कुलको स्थापना कहिले भयो ?
वि.सं. २०२३ जेठ २९
१२९. केसर पुस्तकालय सर्वसाधरणको लागि कहिले खुला गरियो ?
वि.सं. २०२६
१३०. राष्ट्रिय शिक्षा पद्ती योजना कहिले लागु भएको थियो ?
वि.सं. २०२८ कार्तिक १५
१३१. शिक्षा ऐन, २०२८ कहिले जारि भएको थियो ?
वि.सं. २०२८ भाद्र  २४
१३२. पाठ्यक्रम विकास केन्द«को स्थापना कहिले भएको थियो ?
वि.सं. २०२८ भाद्र ५
१३३. देशभर एउटै पाठ्यक्रमको लागु गर्ने कार्यको थालनी कहिले भयो ?
वि.सं. २०२८
१३४. नेपालको निरिक्षण प्रणली अन्तरगत निमानि हटाई प्राविनि र माविनि राख्ने व्यवस्था कहिले गरियो ?
वि.सं. २०३०
१३५. विशेष शिक्षा परिषदको गठन कहिले गरियो ?
वि.सं. २०३०.
१३६. रेडियोको माध्यमबाट शिक्षक तालिम दिन कहिलेबाट सुरु गरियो ?
वि.सं. २०३७
१३७. ग्रामिण विकासको लागि शिक्षा परियोजनाको सुरुवात कहिले गरियो ?
वि.सं. २०३८

१३८. राष्ट्रिय पाठ्यक्रम कार्यान्वयन योजनाको लागु कहिले गरियो ?
वि.सं. २०३८
१३९. शिक्षाशास्त्र अध्ययन संस्थानलाई शिक्षाशास्त्र अध्ययन संकायमा कहिले परिणत गरियो?
वि.सं. २०४३
१४०. दाङको बेलझुण्डिमा महेन्द« संस्कृत विश्वविद्यालयको स्थापना कहिले भयो ?
वि.सं. २०४३
१४१. प्राथमिक शिक्षा ताथा व्यवसायिक तालिम ऐन कहिले पारित भयो ?
वि.सं. २०४५
१४२. उच्च माध्यमिक शिक्षा ऐन कहिले जारि भएको थियो ?
वि.सं. २०४६ कार्तिक १
१४३. निजि क्षेत्रको पहिलो विश्वविद्यालय कुन हो ?
काठमाडौं विश्वविद्यालय
१४४. काठमाडौं विश्वविद्यालयको स्थापना कहिले भएको हो ?
वि.सं. २०४८
१४५. नेपाल सरकारले प्राथमिक तहमा भर्ना हुँदा जन्मदर्ताको प्रमाणपत्र अनिवार्यरुपमा पेश गर्नु पर्ने निर्णय कहिले गरेको थियो ?
वि.सं. २०४९ फागुन ४
१४६. आधारभूत तथा प्राथमिक शिक्षा परियोजना पहिलो कहिले देखी लागु भयो ?
वि.सं. २०४९
१४७. विश्वविद्यालय अनुदान आयोगको ऐन कहिले पारित गरियो ?
वि.सं. २०५० मंसिर ७
१४८. अनौपचारिक शिक्षा परिषदको स्थापना कहिले भएको थियो ?
वि.सं. २०४९
१४९. शैक्षिक जनशक्ति विकास केन्द«को स्थापना कहिले भएको थियो ?
वि.सं. २०५०
१५०. नेपाल टेलीभिजनबाट दूर शिक्षा कार्यक्रमको प्रसारण कहिले भयो ?
वि.सं. २०५२ फागुन ७
१५१. शिक्षाका लागि खाद्य कार्यक्रम परियोजना कहिले लागि गरियो ?
वि.सं. २०५२
१५२. अनौपचारिक शिक्षा केन्द«को स्थापना कहिले भयो ?
वि.सं. २०५६
१५३. कक्षा १ मा अंग्रेजी विषय अनिवार्य लागु कहिले देखी गरियो ?
वि.सं. २०६०
१५४. सर्वप्रथम विद्याथीै भर्ना अभियान मनाउन कहिलेदेखी सुरु गरियो ?
वि.सं. २०६१
१५५. अनौपचारिक शिक्षा नीति कहिले जारि गरिएको हो ?
वि.सं. २०६३ माघ २५
१५६. प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम सीप विकास सम्बन्धी नीति कहिले पारित गरियो?
वि.सं. २०६४
१५७. शैक्षिक गुणस्तर परीक्षण केन्द्रको  स्थापना कहिले भएको हो ?
वि.सं. २०६६ कार्तिक १३
१५८. दिवाखाजा कार्यक्रमको सुरुवात कहिले देखी भएको हो ?
वि.सं. आ.व. २०६७/०६८
१५९. सर्व प्रथम दिवा खाजा कार्यक्रम कति जिल्लामा सुरुवात गरिएको थियो ?
११ जिल्लामा
१६०.अनौपचारिक शिक्षा तथा साक्षर नेपाल अभियान कार्यक्रम कार्यान्वयन निर्देशिका मत्रिपरिषदबाट कहिले स्वीकृत भयो ?
वि.सं. २०६९ माघ ४
१६१. साक्षर नेपाल अभियान (२०६९–२०७२) आधारणपत्रलाई मन्त्रिपरिषदबाट कहिले स्वीकृत गरियो ?
वि.सं. २०६९ असोज १५
१६२. विद्यालय शिक्षामा सूचना तथा सन्चार प्रविधिको प्रयोग सम्बन्धी निर्देशिका कहिले जारि गरियो ?
वि.सं. २०६९
१६३. नेपालमा सक्षमतामा आधारित पाठ्यक्रम कहिलेबाट लागु गरियो ?
वि.सं. २०७०
१६४. सक्षमतामा आधारित पहिलो पाठ्यक्रम कुन हो ?
आधारभूत शिक्षा पाठ्यक्रम २०६९
१६५. साक्षर नेपाल अभियान अन्तरगत कुन वर्षलाई निरक्षर उन्मूलन वर्ष मनाइयो ?
आ.व. ०७१/७२
१६६. प्राविधिक तथा व्यवसायिक शिक्षातर्फ माध्यमिक तहको एसएलसी परिक्षामा अक्षरांकन पद्धति लागु गर्ने निर्णय कहिले गरियो ?
वि.सं. २०७१
१६७. राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको सुरुवात कहिले गरियो ?
वि.सं. २०७१
१६८. शिक्षक सक्षमताको प्रारुप कहिले जारि गरियो ?
वि.सं. २०७०
१६९. शिक्षा ऐन, २०२८ को सातौ., आठौ. र नवौं संसधन कहिले भयो ?
वि.सं. २०५८/१०/२५, २०७३/०३/१५, २०७४/०७/०६
१७०. शिक्षा सेवा आयोग नियमावली, २०५७ को दशौं संशोधन कहिले भयो ?
वि.सं. २०७६/०६/१३
१७१. निःशुल्क पाठ्यपुस्तक वितरण दिवस कहिले मनाइएको थियो ?
वि.सं. २०७३/०१/०५
१७२. खुला विश्वविद्यालय ऐन कहिले जारि भयो ?
वि.सं. २०७३/०३/३०
१७३. कक्षा ८ मा कहिले देखी अक्षरांकन पद्धतिको प्रयोग गरियो ?
शैक्षिकसत्र २०७४
१७४. राष्ट्रिय पाठ्यक्रम प्रारुप कहिले स्वीकृत भएको हो ?
वि.सं. २०७६/०५/२०
१७५. राष्ट्रिय पाठ्यक्रम प्रारुप कहिले कसले स्वीकृत गरेको हो ?
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद

१७६. वैकल्पिक प्राथमिक विद्यालयहरु कति रहेका छन ?
२७५ वटा
१७७. एकै वर्ष कहिले २ पटक एसएलसी परिक्षा सन्चालन गरिएको थियो ?
वि.सं. २००७
१७८. नगदको सट्टा जिन्सी दिएर चलाइने पाठशालाई के भनिन्थ्यो?
सन्चरी पाठशाला
१७९. दरबार स्कुलको हालको नाम के हो ?
भानु माध्यमिक विद्यालय
१८०. नेपालमा प्राविधिक शिक्षाको खाँचो छ भन्ने प्रधानमन्त्री को हुन ?
वीर शमशेर
१८१. अरुको कुरा छोड, अफ्ना छोरालाई अंग्रेजी पढाउ भन्ने प्रम को हुन ?
जंगबहादुर राणा
१८२. काठमाडौं विश्वविद्यालय कहाँ रहेको छ ?
काभे्र, धुलिखेल
१८३. नेपाली भाषाको पहिलो पाठ्यपुस्कतक कुन हो ?
अक्षरांक शिक्षा
१८४. निवृतीभरण कोष ऐन कहिले प्रमाणिकरण भयो ?
वि.सं. २०७५/१२/०४

१८५. नेपालको पहिलो पुस्तकालय कुन हो ?
शास्त्रविधान गृह (२०१४, धनकुटा)
१८६. राजेश्वरी पाठशालाको स्थापना कहिले भएको थियो ?
वि.सं. १९३१
१८७. रानीपोखरी पाठशालाको स्थापना कहिले भएको थियो ?
वि.सं. १९३४
१८८ं. गंगावाइ भारतबाट कहिले नेपाल आएकी थिइन ?
वि.सं. १९४५
१८९. केटाकेटी पढाउने किताब तर्जुमा अड्डाको स्थापना कहिले भयो ?
वि.सं. १९६०
१९०. सत्यवादी पाठशालाको स्थापना कहिले भयो ?
वि.सं. १९६३, नक्शाल
१९१. टेक्निकल स्कुलको स्थापना कहिले भयो ?
वि.सं. १९८७
१९२. जयतु संस्कृतम आन्दोलन कहिले भएको थियो ?
वि.सं. २००५
१९३. गौतमबुद्ध कुन भाषामा प्रवचन दिन्थे ?
पाली
१९४. नेपालमा पहिलो शिक्षा ऐन कहिले जारी भयो ?
वि.सं. २०१९
१९५ं. पास जाँच अड्डालाई कहिले परिक्षा नियन्त्रण कार्यालयमा गाभियो ?
वि.सं. २०१८ असार ३१
१९६. घुम्ती शिक्षक तालिम उपत्यका बाहिर कहाँ – कहाँ सन्चालन गरिएको थियो ?
नेपालगंज, वीरगंज र धरान
१९७. नेपालको पहिलो शिक्षा नियमावली कहिले प्रकाशन भयो ?
वि.सं. २०२३
१९८. त्रिभुवन विश्वविद्यालयका प्रथम कुलपती र उपकुलपती को हुन ?
कान्तीराज्य लक्ष्मी शाह र शुवर्ण शमशेर 
१९९. राष्ट्रिय शिक्षक शिक्षण केन्द«को स्थापना कहिले भयो ?
वि.सं. २०११ भाद्र  २४
२००. नेपालमा पंचाङग छापिन कहिलेबाट सुरु भयो ?
वि.सं. १९४१

 

 

प्रकाशित मिति: २०८० बैशाख ५, मंगलबार