FLASH NEWS
  • Loading...

एक वर्षे बीएड खारेज, विकल्पमा ३ सेमेस्टर शैक्षिक कार्यक्रम

एक वर्षे बीएड खारेज, विकल्पमा ३ सेमेस्टर शैक्षिक कार्यक्रम

त्रिभुवन विश्वविद्यालयले विद्यालय स्तरको कक्षाकोठाको सिकाई वृद्धि गर्न नयाँ शैक्षिक कार्यक्रम ल्याएको छ।

सामाजिक सञ्जाल तिर

विश्वविद्यालय शिक्षाशास्त्र संकायको डिन कार्यालयले तीन दशक भन्दा बढी अवधिदेखि पठनपाठन गराउँदै आएको एक वर्षे बिएड कार्यक्रम हालको समयमा प्रभावकारी नभएको भन्दै खारेजी गरेको छ। र, तीन सेमेस्टरको नयाँ शैक्षिक कार्यक्रम बनाएर भर्ना खुलाइएको डिन प्राडा चित्रबहादुर बुढाथोकीले जानकारी दिए।

शिक्षा ऐन २०२८सालकै आधारमा हालसम्म त्रिवि शिक्षा शास्त्र संकायले शिक्षक उत्पादन गर्दै आएपनि ती शिक्षकहरुले परिवर्तित समय अनुसारको कक्षाकोठामा शिक्षण सिकाई गर्न नसकेको सरकारी अनुसन्धानले औँल्याएको छ। सोही अनुसार त्रिविले तीन सेमेस्टरको नयाँ पाठ्यक्रम अनुसारको पोष्ट ग्राजुएट डिप्लोमा कार्यक्रम ल्याएको उनले बताए।

‘त्रिवि शिक्षा शास्त्र संकायले तीन वर्ष पछि बल्ल नयाँ पाठ्यक्रम अनुसारको पिजिडि कोर्ष ल्याएर विश्वविद्यालय स्तरबाटै तालिम प्राप्त शिक्षक उत्पादन गर्ने जमर्को गरेका छौ,’ डिन बुढाथोकीले भने।

उनका अनुसार शिक्षा शास्त्र संकायले पिजिडि अन्तर्गत विज्ञान, अंग्रेजी, नेपाली, गणित, सामाजिक शिक्षा, स्वास्थ्य तथा शारिरिक शिक्षा, जनसङ्ख्या शिक्षा र आइसिटि विषयमा तीन सेमेस्टरको पोस्ट ग्राजुएट डिप्लोमा कोर्ष संचलन गर्ने गरि भर्ना आवेदन माग गरेको छ।

पहिलो वर्ष देशभरिका त्रिविका १३ आंगिक कलेजमा मात्र यो कार्यक्रम लागु गर्ने अनुमति दिइएको छ। नयाँ कार्यक्रम अनुसार माघ ११ गतेसम्म आवेदन दिने र माघ १४ गते प्रवेश परीक्षा तय गरिएको छ भने २१ गते देखि कक्षा संचालन हुनेछ। नागरिक दैनिकबाट

प्रकाशित मिति: २०८० पौष १०, मंगलबार