FLASH NEWS
  • Loading...

कक्षा -८ को परिक्षा दिँदै ५२ वर्षीय सन्तबहादुर

कक्षा -८ को परिक्षा दिँदै ५२ वर्षीय सन्तबहादुर
मकवानपुर । जे सुकै कारणले पढाइ छुटेको भए पनि इच्छाशक्ति भए अध्ययनलाई पुनः अघि बढाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, मकवानपुरका ५२ वर्षीय सन्तबहादुर गुरुङ । उमेर छँदा पढ्न सकिएन भनेर पछुतो मान्नेहरुका लागि त सन्तबहादुर झन् दरिलो उदाहरण बनेका छन् ।

मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीषा चलिरहेको छ । सो परीक्षामा १३, १४ वर्षका केटाकेटीको हुलमा ५२ वर्षी सन्तबहादुर पनि मिसिएका छन् ।

सामाजिक सञ्जाल तिर

थाहा नगरपालिका– ५ फुर्केका सन्तबहादुर आत्मविश्वासका साथ परीक्षामा सहभागी भएका छन् ।

उनले बिहीबार पालुङ क्याम्पस परीक्षा केन्द्रबाट पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिएको थाहा नगरपालिकाको शिक्षा शाखाका प्रमुख माधवविक्रम मल्लले जानकारी दिए ।

गुरुङ थाहा नगरपालिका वडा नम्बर १ ओखरबजारस्थित श्री झम्केश्वरी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यय्नरत रहेको शिक्षा शाखा प्रमुख महर्जनले बताए ।

गुरुङले आफ्ना छोरानातीले उच्च शिक्षा हासिर गरिसकेकोले आफ्लाई पढ्न मन लागेर विद्यालय भर्ना भएको बताएको शिक्षा शाखा प्रमुख महर्जनले जानकारी दिए । उनको पढ्ने दृढ इच्छा शक्तिले अरुलाई पनि प्रेरणा मिल्ने महर्जनले बताए ।

बिहीबारबाट सुरु भएको आधारभूत तह कक्षा ८ को परीक्षामा थाहा नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत गरी २४ वटा विद्यालयका पाँच सय ९५ परीक्षार्थी सहभागी छन् । नयाँ पत्रीका

प्रकाशित मिति: २०८० चैत्र २, शुक्रबार