FLASH NEWS
  • Loading...

३३ वर्ष शिक्षण पछि जनक सरको विदाइ

३३ वर्ष शिक्षण पछि जनक सरको विदाइ

 

सामाजिक सञ्जाल तिर

रामेछाप । जिल्लाको सुनापती गाँउपालिकाको सतलिङगेश्वर माध्यमिक विद्यालयमा लामो समय देखि अध्यापन गराँउदै आउनु भएका शिक्षक जनकप्रसाद चौलागाइको विद्यालयमा एक विदाइ कार्यक्रम गरि फूलमाला, अविर र खादा लगाइ विदाइ गरिएको छ ।

३३ वर्ष शिक्षण पेशामा विताएका शिक्षक चौलागाइको विदाइ कार्यत्रमको माहोल भावुक देखिन्थ्यो । जनक सरको विदाइ कार्यक्रम भइरहँदा विद्यालयले एउटा कुसल, सक्षम र मेहनती शिक्षकलाई गुमाइ रहेको थियो भने शिक्षक÷कर्मचारीले आफ्नो असल सहकर्मी छुटेको महसुस गरिरहेका थिए भने विद्यार्थीले आफ्नो असल शिक्षक तथा अभिभवकलाई विद्यालयबाट विदाइ गर्दै थिए ।

 

शिक्षण मार्फत राष्ट्रको सेवा गर्नु भएको जनक सरले विद्यालयमा धेरै योगदान गरेको र उहाँले विद्यालयमा संधै क्रियाशिल, उर्जावान र लगनशील भएर शिक्षण गर्नु भएको कुरा विद्यालयका प्रधानाध्यापकले आफ्नो मन्तब्यको क्रममा बताउनु भयो ।

शिक्षण पेशाबाट अवकाश भए पनि आफू समाजको हितको लागि सक्रिय भएर लागि परिरहने कुरा शिक्षक चौलागाइले बताउनु भयो ।

 

सोहि विद्यालयका पूर्व विद्यार्थी हाल नेकप एकिकृत समाजवादीका जिल्ला कमिटि सचिव लालसिंह घिसिङ आफ्ना गुरु जनक चौलागाइको विदाइ भए पछि लेख्नु हुन्छ

“जसको विद्यार्थी हाे भन्दा आज गर्भले छाती फुल्छ”
आफ्नो जिम्मेवारी गम्भीरता को साथ बहन गर्नु हुने आदरणीय गुरु शिक्षक मात्रा नभएर एउटा सामाजिक अभियानता पनि हुनुहुन्छ ।जसले हजारौं बिध्यर्थी मात्रा उत्पादन होइन दर्जनौं सामाजिक र राजनीतिक अभियानता हरु पनि उत्पादन गर्नु भो।सायद आज उहाँले साथ ,सहयोग, प्रोत्साहन नगर्नु भएको भए हामीले सामाजिक रुपमा यो अबस्थामा उभिन सक्ने थियनौ होला।आज जहाँ जुन ठाउँमा उभिएका छौँ उहाँको अथक योगदान छ।राजनीति लाई समाज रुपान्तरण को अभिन्न अङ्ग को रुपमा चित्रित गर्दै सधैब हामीलाई साथ सहयोग र हौसला दिनु हुने आदरणीय गुरु सङ सधैं ऋणी रहने छौ।

विद्यालयका पूर्व विद्यार्थी लालसिं घिसिङ

 आगामी दिनमा सकारात्मक सल्लाह सुझाव को अपेक्षा सहित सेवा निबृत दिनहरु समाज रुपान्तरण को लागि लाग्नु हुने आसा सहित सुखमय जीवन को कामना गर्दछु🙏🙏
प्रकाशित मिति: २०८० पौष २२, आईतबार