FLASH NEWS
  • Loading...

शिक्षामन्त्रीमा सुमना, शिक्षाक्षेत्रमा जाग्यो आश

शिक्षामन्त्रीमा सुमना, शिक्षाक्षेत्रमा जाग्यो आश

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा माननीय सुमना श्रेष्ठको नियुक्ति भएपछि शिक्षा क्षेत्रमा नयाँ आश जागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टिमा समानुपातिक सांसद रहेकी श्रेष्ठले बुधवार शिक्षामन्त्रालयको कार्यक्षमा आफ्नो पदभार ग्रहण गरेकी छन । शिक्षाक्षेत्रमा भइ रहेको राजनीति बन्द गर्ने उनले पहिलो निर्णय गरेकी छन ।

सामाजिक सञ्जाल तिर

ऊनी शिक्षामन्त्रीमा नियुक्त भएपछि उनी आवद्ध पार्टी रास्वपाको आलोचना गर्ने हरुले पनि आलोचनात्मक समर्थन गरेका छन । तेस्तै निजि क्षेत्रका सन्चालकहरुले पनि शिक्षा क्षेत्रमा सुधार हुने आशा व्यक्त गरेका छन । सामाजिक सन्जालमा समर्थनको ओइरो छ ।

अकस्मात उदाएको दल रास्वपामा सभापति लामिछाने , सांसदद्वय सोबिता गौतम र तोसिमा कार्की आम जनतामाझ परिचित थिए । यो एक वर्षको अवधिमा सांसद श्रेष्ठले पनि आफुलाई जनतामाझ चिनाउन सफल भइन । विषतवस्तुलाई मिहिन ढंगले अनुसन्धान गरेर उठान गर्नु श्रेष्ठको विषेशता हो । सदनमा खेलेको प्रभावकारी भुमिका र संसदीय समितिमा उनले उठान गरेका विषय र प्रश्न आम जनतालाई मन पर्यो ।

सांसद श्रेष्ठलाई उनको विज्ञता अनुसार सांसदको अर्थ समितिमा पठाउने पार्टीको योजना थियो । तर उनको इच्छा शिक्षामा भएको हुँदा सोही अनुसार पार्टीले सिफारिस गर्यो र सांसदको शिक्षा , स्वास्थ्य र विज्ञान प्रविधि समितिको सदस्यमा नियुक्त भइन । शिक्षा समितिमा बसेर उनले आफ्नो प्रभावकारी उपस्थिति जनाइन , आम सरोकारको विषयलाई मिहिन ढंगले उठाइन र जनताको मन जित्न थालिन र पार्टीको ध्यान पनि आफू तिर तान्न सफल भइन । शिक्षा क्षेत्रका मुद्दा प्रभावकारी ढंगले उठाउन सकेर नै उनलाई उपयुक्त पात्र ठानी पार्टीले शिक्षामन्त्रीमा सिफारिस गरेको हो ।

काठमाडौंको निम्नमध्यम वर्गीय परिवारमा जन्मेकी सुमनाले २०५६ सालमा सरस्वती आवासीय माध्यमिक विद्यालय क्षेत्रपाटीबाट एसलसी उत्तीरगरे की छन भने बुढानिलकण्ठ स्कुलबाट ए लेवल गरेकी छन । अमेरिकाको हार्ड्वर्ड विश्वविद्यालयबाट गणितमा स्नातक गरेकी छन भने बाणिज्यशस्त्रमा स्नातकोत्तर गरेकी छन ।

युरोप अमेरिका जस्तो सुबिधासम्पन्न ठाँउमा आफुलाइ सेटल गराइ सकेकी सुमना २०७२ सालको महाभुकम्प पछी नेपाल फर्केर समाजसेवा गर्उउत्तिर्ण। देशलाई समृद्ध बनाउन पहिला शिक्षाक्षेत्रमा सुधार गर्न पर्ने उनको भनाइ छ । शिक्षा क्षेत्रमा सुधार ल्याउने योजना र भिजन पनि आफुसँग भएको सांसद श्रेस्ठको दावी छ । स्थान पाए कार्यान्वयन गरेर देखाउने कुरा सार्वजनिक रूपमा गर्दै आएकी छन ।

सांसद श्रेष्ठले सदनमा प्रस्तुत विद्यालय शिक्षा विधेयकमा विद्यालय तथा शिक्षकहरुको हितमा धेरै प्रशनहरु उठान गरेकी छन । उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने सवाल र प्रक्रियामा पनि आम सरोकारका प्रश्नहरु उठान गरेकी छन । सार्वजनिक शिक्षाको सुधार गर्ने तथा शिक्षण पेशालाई मर्यादित र आकर्षक बनाउन उनले भुमिका खेल्नेछिन भन्ने आश धेरैको छ ।

प्रश्न गर्ने र विषय उठान गर्ने ठाउँबाट सांसद श्रेष्ठ उत्तर दिने, समाधान गर्ने र कार्यान्वयन गर्ने ठाउँमा छिन । बोल्ने र कामको नतिजा शुन्य हुने पुर्वमन्त्रीहरुको जस्तो अवस्था नआओस , आशाहरु निराश बनेर नफर्कियुन ।

प्रकाशित मिति: २०८० फागुन २६, शनिबार