FLASH NEWS
  • Loading...

शिक्षा क्षेत्रमा दिएको योगदानको कदर, आठ जना सम्मानित

शिक्षा क्षेत्रमा दिएको योगदानको कदर, आठ जना सम्मानित

भक्तपुर – शिक्षा क्षेत्रमा दिएको योगदानको कदर गर्दै विभिन्न आठ जनालाई सम्मान गरिएको छ । विश्व शिक्षक दिवस( अक्टोबर ५) का अवसरमा वर्ल्ड एजुकेसन कन्सर्न एण्ड एक्सन इन नेपाल (वी क्यान) ले सम्मान गरेको हो ।

सामाजिक सञ्जाल तिर

सम्मानित हुनेहरूमा त्रिभुवन विश्वविद्यालयका प्रा. डा. सुमन ढकाल काठमाडौं स्कुल अल लका अधिवक्ता राजकुमार सुवाल, सिन्धुपाल्चोकको क्रिश्टोन एकेडेमीका शत्रुघन कपाली,  पर्साको मदरल्याण्ड स्कूलका डा. नन्दन यादब, इम्पावर द नेप्लिज गर्ल्सकी बबिता लाम, जोरपाटी माविका प्रधानाध्यापक हरिप्रसाद ढकाल, सञ्चारकर्मी हरिसुन्दर छुकां र झापाको अंशु एकेडेमीका प्रिन्सिपल केएन अधिकारी रहेका छन् ।

उनीहरूलाई द मोस्ट प्रोमिसिङ टिचर,÷एडुकेटर सर्भिस अवार्ड २०२३ बाट शिक्षा तथा प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाले सम्मान गरेका थिए । सो क्रममा प्रवक्ता सापकोटाले शिक्षामा सुधारका लागि नेपाल सरकार निरन्तर लागिरहेको बताए ।

कार्यक्रममा मेघा पब्लिकेसन्सका प्रबन्धक श्रीकृष्ण श्रेष्ठ, सम्मानित व्यक्तिहरू डा. नन्दन यादब, प्रा.डा. सुमन ढकाल, वी क्यानका महासचिव डा. राजेन्द्र कोजू, साउथ वेष्ट युनिभर्सिटी रकी डा. सारा सफारी,रोम्बस सेकेण्डरी स्कूलकी अमृता ढकालले कार्यक्रमको उद्देश्यबारे चर्चा गरेका थिए ।

कार्यक्रममा आयोजक वी क्यानका महासचिव डा. कोजूले शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई उत्साह प्रदान गर्न सम्मान गरिएको बताए । उनले विगत १० वर्षदेखि उक्त कार्यक्रमलाई निरन्तरता दिइरहेको समेत स्मरण गरे ।
सम्मानले नयाँ जिम्मेवारी थप भएको उल्लेख गर्दै सम्मानितहरूले आभार प्रकट गरे ।

प्रकाशित मिति: २०८० कार्तिक २, बिहिबार