FLASH NEWS
  • Loading...

पुस अन्तिममा मावि विज्ञापन , लगतै प्रावि दिस्रो पत्रको नतिजा सार्वजनिक गरिने

  • शिक्षापाटि
  • समाचार
  • ७२७ पटक पढिएको
पुस अन्तिममा मावि विज्ञापन , लगतै प्रावि दिस्रो पत्रको नतिजा सार्वजनिक गरिने

शिक्षक सेवा आयोगले प्राथमिक तहको लिखितको नतिजा सार्वजनिक गर्नुभन्दा अगाडि नै माध्यमिक तह तृतीय श्रेणी शिक्षक छनोटका लागि विज्ञापन गर्ने भएको छ ।

सामाजिक सञ्जाल तिर

आयोगले सार्वजनिक गरेको बार्षिक कार्यतालिका अनुसार प्राविधिक समस्या नभएमा पुस दोस्रो हप्ता अन्यथा पुसको तेस्रो हप्ता भित्र विज्ञापन गर्ने भएको हो । माविको विज्ञापन सार्वजनिक भए लगत्तै प्राथमिक तहको विषयगत लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने आयोगले जानकारी दियो ।

आयोग उच्च स्रोतका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट रिक्त दरबन्दी संशोधन भएर आउन साथ विज्ञापन गर्ने भएको छ । विज्ञापन गर्नका लागि आवश्यक तयारी सकिए पनि केन्द्रले कतिपय जिल्लाको दरबन्दी संशोधन गरिरहेको हुँदा आयोगलाई विज्ञापन सार्वजनिक गर्न पुस तेस्रो हप्ता सम्म कुर्नु पर्ने भएको हो ।

आयोगलाई केन्द्रले पठाएको माविको सुरुको ४०२ रिक्त दरबन्दी पाठाएको छ । केन्द्र अहिले पनि दरबन्दी संशोधन कार्यमा लागि रहेको हुनाले केही दरबन्दी बढी हुन सक्ने आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले बताए । उनका अनुसार अहिलेसम्म आयागले विज्ञानको १२३, गणितको ८८, अङ्ग्रेजी, ७८, नेपाली ७०, र सामाजिकको ४८ जना र अन्य ऐच्छिक विषयको २८ जनाको विज्ञापनका लागि तयारी गरिसकेको छ ।

प्रकाशित मिति: २०८० पौष ५, बिहिबार