FLASH NEWS
  • Loading...

प्राविको लिखित नतिजा माघ अन्तिममा , निमावि विज्ञापन छिट्टै खुल्ने

  • शिक्षापाटि
  • TSC तयारी
  • ३४२३ पटक पढिएको
प्राविको लिखित  नतिजा माघ अन्तिममा , निमावि विज्ञापन छिट्टै खुल्ने
काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट निम्न माध्यमिक तहको दरबन्दी विवरण आउने बितिकै तृतीय श्रेणीका शिक्षक छनोटका लागि शिक्षक सेवा आयोग विज्ञापन गर्ने तयारीमा रहेको छ ।

आयोगले विज्ञापनका सम्पूर्ण काम सकेर तयारी अवस्थामा रहेको भए पनि केन्द्रबाट रिक्त दरबनदी विवरण सिफारिस नभएको हुँदा विज्ञापनका लागि कुर्नु परेको आयोगले जनाएको छ ।

सामाजिक सञ्जाल तिर

केन्द्रले यस अघि सार्वजनिक गरेको विवरणमा निमाविको रिक्त दरबन्दी नेपालीमा ११३, अङ्ग्रेजीमा १६४, गणितमा १३८, गणित विज्ञानमा ४०, विज्ञानमा १६९, ऐच्छिक प्रथममा १ दरबन्दी गरी जम्मा ७४४ पद रिक्त रहेको विवरण सार्वजनिक गरेको थियो ।

केन्द्रले प्रत्येक दिन सेवा निवृत्त हुने शिक्षकको संख्या फरक पर्ने हुँदा रिक्त दरबन्दी विवरण संशोधन भएर आइरहेको हुँदा एक दुईदिन रिक्त दरबन्दी विवरण आयोगमा पठाउन ढिला भएको हो ।

केन्द्रले अबको ढिलोमा तीन दिन भित्र दरबन्दी विवरण सहित विज्ञापनका लागि सिफारिस गर्ने जनाएको छ ।

प्राविको रुजु सकियो

आयोगले गत असोज १३ गते लिएको प्राथमिक तह तृतीय श्रेणी शिक्षक छनोट परीक्षाको नतिजा माघ अन्तिम साता सार्वजनिक गर्ने गरी काम गरिरहेको छ । प्राविधिक कठिनाइ नभएमा माघ अन्तिम साता नतिजा सार्वजनिक गर्ने तयारीमा आयोग जुटेको छ ।

आयोगले प्राविको विषयगत परीक्षाको उत्तरपुस्तिका परीक्षण सकेर, सम्परीक्षण, डाटा इन्ट्री सकेर रुजु गरिसकेको आयोगले जानकारी दियो ।

आयोगले गत चैत ९ गते कुल ७ हजार ८८२ पदका लागि गरेको विज्ञापन गरेको थियो । सो विज्ञापन अनुसार लिइएको सामान्य परीक्षाको नतिजा गत असार १ गते सार्वजनिक गरेको थियो । सो नतिजाबाट १६ हजार ७०२ जना विषयगत लिखित परीक्षाका लागि छनोट भएका थिए ।

सो परीक्षामा १ लाख १० हजार ७४९ जनाले आवेदन दिएको भए पनि सामान्य परीक्षामा १ लाख ३४४ जना सहभागी भएका थिए । आयोगले लिएको सामान्य परीक्षामा सुदुर पश्चिम प्रदेशबाट विषयगत ९सामान्य० परीक्षामा १० हजार १९९ सहभागी भएका मध्ये १ हजार ४३२ जना मात्र उत्तीर्ण भएका थिए । त्यस्तै कर्णाली प्रदेशबाट ९ हजार ३९२ जना परीक्षामा सहभागीका भएका मध्ये १ हजार ४७० पास भएका थिए । त्यसैगरी लुम्बिनी प्रदेशबाट १४ हजार ६६७ जना लिखित परीक्षामा सहभागी मध्ये २ हजार ६२३ जना पास भएका थिए । त्यसैगरी गण्डकी प्रदेशबाट १७ हजार ४४ जना सहभागी भएका मध्ये ३ हजार ८०० पास भएका थिए । त्यस्तै बागमती प्रदेशबाट १७ हजार २८७ जना सहभागी भएका मध्ये ३ हजार ९९ जना ,मधेश प्रदेशबाट १४ हजार २७० जना सहभागी भएका मध्ये २ हजार २०२ मात्र पास भएका थिए । त्यसैगरी कोशी प्रदेशबाट सामान्य परीक्षामा १७ हजार ४८५ जना उम्मेदवार सहभागी भएका मध्ये ३ हजार ७६ जना मात्र उत्तीर्ण भएका थिए ।

प्रकाशित मिति: २०८० माघ १५, सोमबार