FLASH NEWS
  • Loading...

निमावि तह अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक, १ लाख ५१ हजारमा १३ हजार मात्रै उतिर्ण

निमावि तह अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक, १ लाख ५१ हजारमा १३ हजार मात्रै उतिर्ण

रामेछाप  । शिक्षक सेवा आयोगले निमावि तह लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ । कात्तिक १८ गते लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

सामाजिक सञ्जाल तिर

सार्वजनिक गरिएको नतिजा आयोगको वेबसाइटसँगै एसएमएसबाट समेत हेर्न सकिने आयोगले जनाएको छ । निमावि तह लाइसेन्सका लागि देशभरबाट १ लाख ५१ हजार १२ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १३ हजार ७ जनाले परीक्षा  उत्तीर्ण  गरेका छन् ।

कोशी प्रदेशबाट २४ हजार ३९ परीक्षा सहभागी भएका थिए । जसमा २ हजार १३० जना उत्तीर्ण  भएका छन् ।

त्यस्तै मधेस प्रदेशबाट २२ हजार ८५५ परीक्षार्थीले परीक्षा दिएका थिए । जसमा १ हजार ६१४ जना उत्तीर्ण भएका छन् ।

बागमती प्रदेशबाट १७ हजार ६५१ जनाले परीक्षा दिएका थिए । जसमा २ हजार २ जना पास भएका छन् । गण्डकी प्रदेशमा ११ हजार ८९७ जनाले परीक्षा दिएकोमा १ हजार १५२ जना उत्तीर्ण  भएका छन् ।

लुम्बिनी प्रदेशमा २९ हजार २३० जनाले परीक्षा दिएका थिए । जसमा २ हजार ८६३ जना उत्तीर्ण  भएका छन् ।

कर्णाली प्रदेशबाट २४ हजार १५४ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ५७४ जना उत्तीर्ण  भएका छन् । सुदूरपश्चिम प्रदेशमा २१ हजार १८६ जनाले परीक्षा दिएका थिए । जसमा १ हजार ६७२ जना उत्तीर्ण  भएका थिए ।

आयोगले तोकेको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रबाट परीक्षा दिएका, परीक्षा केन्द्रबाट कैफियत जनाई रद्द गर्ने भनी उल्लेख गरी आएका र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने उम्मेदवारहरूको परीक्षा रद्द गरेको थियो ।

परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको अनलाइन फाराम भर्दा आफ्नो नाम थर, बाबुको नाम, नागरिकता नम्बर र स्थायी ठेगाना फरक परेको भएमा मंसिर २७ गतेभित्र सच्याउन समय दिएको छ । अध्यापन अनुमतिपत्रमा आफ्नो विवरण फरक परेमा नतिजा प्रकाशन भएको एक वर्षभित्र सच्याई सक्नु पर्ने आयोगले जनाएको छ । त्यसपछि भने विवरण सच्याउन नपाइने आयोगले जनाएको छ ।

परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको अध्यापन अनुमतिपत्र वितरण कार्य परीक्षामा सहभागी भएकै जिल्लाको शिक्षा विकास समन्वय इकाइबाट हुने आयोगले जनाएको छ ।

प्रकाशित मिति: २०८० मंसिर १२, मंगलबार