FLASH NEWS
  • Loading...

आयोगले निमावि तहको ७७८ पदको लागि विज्ञापन खोल्यो

आयोगले निमावि तहको ७७८ पदको लागि विज्ञापन खोल्यो

शिक्षक सेवा आयोगले ७७८ जना निम्न माध्यामिक तहका शिक्षकका लागि दरखास्त आह्वान गरेको छ।

सामाजिक सञ्जाल तिर

आयोगले बुधवार एक सूचना जारी गर्दै निम्न माध्यमिक तह तृतीय श्रेणीको शिक्षकका लागि खुला तथा समावेशी कोटामा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि सूचना जारी गरेको छ।

सूचनाअनुसार देशभर नेपाली विषयका ११७ जना, अङ्ग्रेजी विषयका १७६ जना, गणित विषयका १२८जना, विज्ञान विषयका १६३ जना, सामाजिक विषयका १२२ जना, गणित–विज्ञान विषयका ६५ जना, शुक्ल यजुर्वेद १, कम्प्युटर विज्ञान १ र संस्कृत भाषामा ५ जना शिक्षक माग गरिएको छ।

प्रकाशित मिति: २०८० फागुन २, बुधबार